नेपाल सिङ्गापुरसँग पराजित,विश्वकप खेल्ने सपना अधुरै

      नेपाल सिङ्गापुरसँग पराजित,विश्वकप खेल्ने सपना अधुरै

काठमाडौँ । सिङ्गापुरसँग पराजित भएसँगै नेपालको आगामी वर्ष अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न सपना अधुरो भएको छ ।

आइतबार सिङ्गापुरको इन्डियन एसोसिएशन क्रिकेट मैदानमा भएको आइसिसी टी–२० विश्वकपकोे एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली सिङ्गापुरसँग ८२ रनले पराजित भएको छ । हारसँगै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ । विजयी सिङ्गापुर भने समूह विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ ।

सिङ्गापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०९ रनमा समेटियो । नेपालले २७ रन जोड्दा पहिलो विकेटका रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमायो ।

त्यस्तै नेपालका दीपेन्द्र सिंह ऐरीले २३ र सोमपाल कामीले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा सिङ्गापुरका सिलाडोरे विजयकुमार एक्लैले ४ विकेट लिए भने भिनोद भास्करणले २ झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको सिङ्गापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रनको योगफल बनायो । उसका लागि टिम डेभिडले सर्वाधिक ७७ रनको योगदान दिँदा रोहन रङ्गराजनले ४९ रन जोडे । त्यस्तै मनप्रीत सिंहले ४२ रन जोडेका थिए ।

 

प्रतिकृया दिनुहोस

क्यानको नेतृत्वमा चतुरबहादुर चन्द

विश्वकप छनोट खेल्ने नेपाली टोलीको

नेपाल सिङ्गापुरसँग पराजित,विश्वकप

नेपालले मलेसियालाई ७ विकेटले हरायो,ग्लोबल

टी-२० विश्वकप : नेपाल कतारसँग ४ विकेटले

क्रिकेटको फाइनलमा एलेनाको नाङ्गिने

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला