१३ औं साग प्रतियोगिताको तयारी शुरु

 १३ औं साग प्रतियोगिताको तयारी शुरु

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले १३ औं सागको तयारीमा सरकार जुटिसकेको बताएका छन् । आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगिता भव्य रुपमा आयोजना र सफल रुपमा सम्पन्न गर्ने गरि सरकार तयारीमा जुटिरहेको मन्त्री विश्वकर्माले बताए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले अब साग प्रतियोगितको मितिमा कुनै द्धिविधा नभएको पनि स्पष्ट पारे । उनले सरकारको आर्थिक वर्ष २०७६/७७ सालको नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय महत्वको १३ औं साग प्रतियोगिता आयोजना गर्ने कुरा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनको क्रममा भनिसकेको र कार्यक्रम पनि पारित भैसकेको जनाए । 

बिहीबार बसेको बैठकले प्रतियोगिता तयारी तथा व्यवस्थापन समिति गठन गरिसकेको उनले जानकारी दिए । उनले भने,‘अब हामीले छिट्टै लोगो र मस्कट सार्वजनिक गर्छौं ।’ त्यतिमात्रै नभए उक्त प्रतियोगितामा सहभागी राष्ट्रहरुलाई औपचारिक रुपमै आमन्त्रण गर्ने पनि निर्णय भएको उनले बताए । मन्त्री विश्वकर्माले १३ औं साग आफूहरुको लागि गौरवको विषय पनि भएकोले भव्यताका साथ सम्पन्न गर्नेतर्फ तयारीमा जुटिसकेको बताए । उनले भने,‘हामीले तेस्रो पटक सागको आयोजना गर्दैछौं । यो प्रतियोगिताको विगतलाई हेर्दापनि हाम्रो गर्विलो इतिहास छ ।

१९९९ मा नेपालले दोस्रो स्थान हाँसिल गरेको थियो । १८ औं एशियन गेममा पनि नेपालले ३३ औं स्थान हासिल गरेको थियो । नेपालले २० वर्षपछि रजतपदक हाँसिल गरेका थियो ।’ मन्त्री विश्वकर्माले सिमित स्रोत र साधनको बावजुदपनि नेपालले खेलकुद क्षेत्रमा प्रगति गरिरहेको स्पष्ट पारे । उनले भने,‘हाम्रो उत्साहजनक र गौरव गर्नसक्ने ईतिहास छ । र, अझै गौरव गर्नलायकको अवस्था बनिरहेको छ ।’

१३ औं साग प्रतियोगितमा नेपालले आफ्नो ईतिहास कायम र रक्षा गर्ने अभिभारा आफूहरुसँग रहेको पनि मन्त्रीले विश्वकर्माले सुनाए । उनले यो प्रतियोगितमा धेरैभन्दा धेरै पदक जित्ने आफूहरुको लक्ष्य र विश्वास रहेको पनि दाबी गरे । उनले भने,‘हामी उच्च मनोबल र ठूलो लक्ष्य राखेर अघि बढिरहेको छ ।’ त्यस्तै, तयारी तथा व्यवस्थापन समितिले राष्ट्रिय टिम घोषणा गर्नेदेखि लिएर खेलाडी छनौट गर्नेपनि उनले जनाए । उनले भने,‘खेलाडी छनौट गरिसकेपछि हामी बन्द शिविरमा राखेर आवश्यक प्रशिक्षण दिन्छौं । जेठसम्म सबै काम सम्पन्न गरिसक्छौं ।’

प्रतियोगितामा २७ वटा खेलको आयोजना गरिने पनि उनले स्पष्ट पारे । त्यस्तै, प्रतियोगितालाई लक्षित गरेर पूर्वाधार निर्माणका काम तीव्र गतिमा भैरहेको पनि उनले जनाए । उनले भने,‘भुकम्पपछि भत्किएको दशरथ रंगशालाको पूर्ननिर्माणको काम पनि तिव्र गतिमा भैरहेको छ । अब अन्तिम चरणमा पुगेको छ ।

सातदोबाटो पौडी पोखरीको पनि निर्माण कार्य सम्पन्न भैसकेको छ । सातदोवाटोकै तेक्वाक्दो र कराँतेको हलपनि निर्माण भैसकेको छ ।’ पोखरा रंगशाला निर्माण तिव्र गतिमा भैरहेको पनि उनले सुनाए । असार मसान्तसम्म सबै संरचनाको निर्माण कार्य सम्पन्न भैसक्ने मन्त्री विश्वकर्माको दाबी छ । मन्त्री विश्वकर्माले साग प्रतियोगिता आयोजना तथा सञ्चालनसम्बन्धी कार्यविधिपनि आउने हप्ता मन्त्रिपरिषद बैठकमा पेश हुने जनाए । उनले भने,‘कार्यविधि पेश भएपछि हामी मसिनो ढंगले तयारीमा लाग्छौं ।

आन्तरिक प्रतियोगिता सञ्चालन गर्नपन िआधुनिक रंगशाला निर्माण गर्नुपर्ने भएकोले सोही अनुसार आफूहरु निर्माण प्रक्रियामा लागिरहेको पनि मन्त्री विश्वकर्माले जनाए । उनले भने,‘अहिले हामीले पूर्वाधारको अभाव र महशुस गरेका छौं ।’ काठमाडौं उपत्यकाभित्र खेलकुद भौतिक संरचना बनाउनको लागि जग्गा प्राप्तिको प्रक्रिया समेत सरकारले सुरु गरिसकेको उनको भनाई छ ।

त्यस्तै, ७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला बनाउने र ७५३ वटै स्थानीय निकायमा एउटा एउटा खेलग्राम बनाउने पनि उनले जनाए । त्यसको लागि आगामी बजेटमै सबै कुराको उचित व्यवस्था गरिने पनि उनले स्पष्ट पारे ।

 

प्रतिकृया दिनुहोस

नेपाल सिङ्गापुरसँग पराजित,विश्वकप

नेपालले मलेसियालाई ७ विकेटले हरायो,ग्लोबल

टी-२० विश्वकप : नेपाल कतारसँग ४ विकेटले

क्रिकेटको फाइनलमा एलेनाको नाङ्गिने

१३ औं साग प्रतियोगिताको तयारी शुरु

भारत पाँचौ पटक महिला साफ च्याम्पियनसिप

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला