काठमाडौँ । युएईविरुद्ध एकदिवसीय र टी (२०) जितेको नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ । क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी लगायत सर्वसाधारणले भव्य स्वागत गरिएको छ ।
परिषद्ले पारस खड्का नेतृत्वको टोलीलाई स्वागतका लागि विमानस्थलमा रातो कार्पेट ओछ्याएको थियो । विमानस्थलमा ओर्लिएपछि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालमै ओडिआई इन्टरनेशनल म्याच गराउने गरी अघि बढ्नुपर्ने बताए । विजेता टोलीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब केशव कुमार बिष्ट, उपाध्यक्ष पिताम्बर तिमल्सिनासहितले स्वागत गरेका थिए । साथमा क्रिकेट प्रेमीहरूले पनि खेलाडीको स्वागत गरेका थिए ।
नेपाली टोलीले आइतवार भएको टी (२०) म्याचको अन्तिम खेलमा घरेलु टोली युएईलाई १४ रनले पराजित गर्दै प्रथम भएको थियो । यसअघि युएईविरुद्धकै तीन खेलको वान डे श्रृंखला पनि आफ्नो पक्षमा पार्दै नेपाली टोली इतिहास रच्न सफल भएको थियो। दुवै जित नेपाली क्रिकेटमा ऐतिहासिक सिरिज हुन् ।
प्रकाशित २१ माघ २0७५ , सोमवार | 2019-02-04 12:06:54
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार