इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै

  इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै

काठमाडौं । म्यानचेष्टर सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुने इंग्लिस प्रिमियर लिग खेल नेपाली समय अनुसार आज राती पौने दुई बजे हुँदैछ । स्टार खेलाडीको भिडन्तका रुपमा हेरिएको यो खेल यसपटकको प्रिमियर लिगको उपाधिको  हातपार्ने टोली क्लियर पार्ने खेलका रुपमा समेत लिइएको छ ।

यदि खेलमा स्पष्ट नतिजा आए २९ बर्षपछि प्रिमियर लिगको उपाधि जित्ने लक्ष्य लिएकोे लिभरपुल आतुर देखिन्छ । लिभरपुलका प्रशिक्षक पेप ग्वार्डियोलाले भन्छन,‘२९ बर्षे इतिहास रच्ने तयारी टिमले गरेको ।’ उनले यो खेल आफ्ना लागि निकै महत्वपूर्ण रहेको भन्दै लिभरपुल भन्दा सात अंकले पछि भएकाले यो दुरी घटाउने राम्रो मौका भएको पनि बताए । इता, लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले सिटी विरुद्धको खेल कठिन हुने बताएका छन् ।

सिटी निकै बलियो टिम रहेको र प्रशिक्षक पनि उत्कृष्ट रहेको दाबी उनले गरेका छन् । आजको खेलमा सिटीका इल्के गुन्डोगन एक खेल गुमाएर टिममा फर्किदैछन । यस्तै केभिन डी ब्रुइनले पनि टिमको प्रशिक्षणमा सहभागिता जनाएका थिए । फाबियन डेल्फा भने टिममा छैनन । उनी प्रतिबन्धमा परेका छन् ।

यता लिभरपुलका मिडफिल्डर जेम्स मिल्नर चोटका कारण दुई खेलमा बाहिर हुँदा सिटी विरुद्ध मैदानमा फर्किनेछन । यस्तै अल्बेर्टो मोरीनो पनि फिट भएका छन भने जोर्डन हेन्र्डसन र बेवी केइटापनि टिममा रहनेछन । सिटीले गत सिजनमा लिभरपुललाई पाँच शुन्यले हराएको थियो । पछिल्ला ११ खेलमा सिटीले तीन बराबरी र सात खेलमा हार ब्यहोरेको छ । यी दुई टिम अहिलेसम्म कुल १ सय ६४ पटक खेलका छन ।

जसमा सिटीले ४३ खेलमा जितेको छ भने ७९ खेल हारेको इतिहास छ । ४२ खेल बराबरी भएका छन् । इतिहास हेर्ने हो भनेपनि लिभरपुल सिटीमाथि हावी रहेको छ । यसमा पनि लिभरपुलले अवे खेलमा ३१ खेल जितेको छ भने २९ खेल हारेको छ । यता सिटीले घरेलु मैदानम २९ जित र ३१ खेलमा हार व्यहोर्नु परेको छ ।

 

प्रतिकृया दिनुहोस

भारत पाँचौ पटक महिला साफ च्याम्पियनसिप

 क्रिकेट विजेयता टोलीको भव्य स्वागत

इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर

मनाङ बन्यो आठौं लिग च्याम्पिएन

शहीद स्मारक फुटबलमा एपिएफद्वारा आर्मी

यु १९ एसिया कपमा नेपाल समूह चरणबाटै

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला