यु १९ एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरियो

यु १९ एसिया कपमा  नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । १९ वर्षमुनिको एसिया कपमा लगातार दोस्रो हार व्यहोरेको नेपाल समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा भारतसँग १ सय ७१ रनले हारेको नेपाल सोमबार अफगानिस्तानसँग तीन विकेटले पराजित भएको हो ।

समूह ए मा रहेको नेपालले अन्तिम खेल युएईसँग खेल्न बाँकी नै रहे पनि भारत र अफगानिस्तानले दुई दुई खेल जितेपछि नेपाल बाहिरिएको हो ।

सिनियर टिममा जस्तै नेपाली युवा टोलीमा पनि ब्याटिङ नै कमजोर देखियो ।

नेपालले दिएको १ सय ३२ रनको सामान्य चुनौती पछ्याउन अफगानिस्तानलाई पनि सहज भने भएन । अफगानिस्तानले ३७ ओभर ३ बलमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

अफगानिस्तानका लागि रहमान उल्लाह गुर्बाजले २६, अजमत उल्लाह ओमर्जाईले २३, आरिफ खानले अविजित २३ रन बनाए । ऐजाज अहमदले १६ रन बनाएका थिए । यअसघि बंगलादेशमा टस जितेर ब्याटिङ रोजेको नेपालले ३८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ३१ रन मात्र बनाएको थियो ।

प्रतिकृया दिनुहोस

१३ औं साग प्रतियोगिताको तयारी शुरु

भारत पाँचौ पटक महिला साफ च्याम्पियनसिप

 क्रिकेट विजेयता टोलीको भव्य स्वागत

इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर

मनाङ बन्यो आठौं लिग च्याम्पिएन

शहीद स्मारक फुटबलमा एपिएफद्वारा आर्मी

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला