एसियन गेम्सका ११ दिन : चीनले १९३ पदक जित्दा नेपाल पदकविहीन

एसियन गेम्सका ११ दिन : चीनले १९३ पदक जित्दा नेपाल पदकविहीन

काठमाडौं । इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ । एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ ।

विगतका एशियाली खेलकूदमा नेपालले तेक्वान्दोबाट एक रजत र १३ कास्य, बक्सिङबाट छ कास्य र करातेबाट तीन कास्य जितेको थियो । जारी प्रतियोगितामा नेपाल २९ खेलमा सहभागि भएको छ ।

प्रतियोगितामा सहभागी ४५ मुलुकमध्ये ११ दिनसम्म आइपुग्दा ३६ मुलुककले पदक जित्न सफल भएका छन् । हालसम्म पदक तालीकामा चीनले सर्वाधिक ८८ स्वर्ण, ६२ रजत र ४३ कास्य गरी १ सय ९३ पदक जित्दै पदक तालीकाको शीर्ष स्थानमा रहन सफल भएको छ । चीनलाई पच्छ्याउँदै जापानले ४३ स्वर्ण, ३७ रजत र ५७ कास्यसहित १ सय ३७ पदक जितेको छ ।

दक्षिण कोरियाले २९ स्वर्ण, २७ कांस्य, ४३ रजत गरी १ सय ९, आयोजक इण्डोनेसिया २२ स्वर्ण, १६ रजत र २८ कास्यसहित ६६ पद जित्न सफल भएको छ ।

त्यसैगरी इरानले १७ स्वर्ण, १५ रजत, १५ कास्य, चाइनिज ताइपेईले १२ स्वर्ण, १२ रजत र १७ कास्य, उत्तर कोरियाले १२ स्वर्ण, ६ रजत र सात कास्य, थाइल्याण्डले नौ स्वर्ण, १० रजत र ३३ कास्य, भारतले आठ स्वर्ण, १३ रजत र २० कास्य, काजाकिस्तानले सात स्वर्ण, आठ रजत र २९ कांस्य जित्न सफल भइसकेका छन् ।

म्ङ्गलवारसम्म १ सय ९४ स्वर्ण, २ सय ९४ रजत र ४ सय ७ कास्य गरी ९ सय ९५ पदकको छिनोफानो भइसकेको छ । एशियाडमा ४५ देशका ११ हजार ५ सय खेलाडी सहभागी छन् ।

प्रतिकृया दिनुहोस

यु १९ एसिया कपमा नेपाल समूह चरणबाटै

नेपालको सानदार जितः ४–० गोलले भुटान

एसियन गेम्सका ११ दिन : चीनले १९३ पदक

को–को परे फिपा बर्ष खेलाडीमा ?

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको

विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला