मैदानमा चम्किन्छन् ९५ बर्षे हजूर बा

मैदानमा चम्किन्छन् ९५ बर्षे हजूर बा

खेलमा एउटा भनाई छ, ‘एकाग्रताले जित गन्तव्यसम्म पुर्याउछ ।’ स्कटल्याण्डका, ९५ वर्षीय ईस्टोन रोय; यी दुबै कुरामा पूर्ण विश्वस्त छन् । संसारका वृद्ध रग्बी यी खेलाडीको सफलताले पनि त्यही पुष्टि गर्छ ।  दोस्रो विश्वयुद्ध ताका उनी २१ वर्षका थिए; रोयल एयर फोर्समा कार्यरत; पहिलोपटक रग्बीबारे थाहा पाउँदा ।

‘उनीहरुलाई रग्बी खेलाडीको खाँचो थियो ।’ ९५ वर्षिय हजुरबा रोयले भने, ‘मैले उनीहरुसँग भनेँ, मैले यो खेलेको छैन तर कोशिस गर्नसक्छु । त्यसपछि, मैले रग्बीका नियम सिकेँ । केही खेल दर्शक बनेर हेरेँ । मलाई उनीहरूले बलमा ध्यान केन्द्रित गर्न; त्यसलाई फाल्न तर त्यसको अगाडि नपर्न सुझाए ।’

२७ वर्षको उमेरमा रोयल एयर फोर्सको जागीर छाडेर घर फर्केदेखि, ६० वर्षसम्म उनी स्टर्लिङ काउन्टी रग्बी क्लबमा आवद्ध रहे । रोयकी छोरी, सेईला भन्छिन्, ‘बक्सिङ च्याम्पियन भए पनि उहाँले रुचाएको खेल रग्बी नै हो ।’  जब उनी ८५ का थिए; श्रीमतीको कमजोर स्वास्थ्यका कारण खेलबाट टाढिए । श्रीमतीको देहान्तपछि फेरि उनी रग्बी अभ्यास गर्न थाले । शहरकै ‘बुढो खुशमिजाज’ मान्छेको रुपमा चिनिएका रोय, आप्mनो खेलप्रतिको लगावलाई वंशानुगत ठान्छन् । उनका पिता पनि खेलमा निकै एकाग्र व्यक्ति थिए ।   युवावस्थामा, यी हजुरबा, बक्सिङको पनि अभ्यास गर्ने गर्दथे । सन् १९४७ मा, जुडो च्याम्पियन रहिसकेका रोयकी नातिनी भन्छिन्, ‘हजुरबुवा कसैलाई थाहै नदिई सुटुक्क खेल्न जानुहुन्थ्यो । भोलिपल्ट, पत्रिकामा उहाँको फोटो देखेपछि मात्रै हामी थाहा पाउँथ्यौँ ।’

स्कटल्याण्ड रग्बीका पूर्वराष्ट्रिय खेलाडी केन्नी लोगन भन्छन्, ‘स्टर्लिङ काउन्टीमा उनलाई सबैले चिन्छन् । युवा र वृद्ध सबै उनलाई माया गर्छन् । मैले एकपटक उनीसँग खेल्ने मौका पाएको थिएँ, जतिखेर उनी ७० वर्षका थिए । मैले सोचेको थिएँ, उनी अब रिटायर्ड हुन्छन् होला तर सोचेको थिईनँ, ९० को उमेर पार गर्दा पनि खेली नै रहनेछन् । म त ९० वर्षको उमेरसम्म बाँच्न पाएछुँ भने पनि आफुलाई भाग्यमानी ठान्नेछु ।’ ईस्टोनले आप्mनो ९५ औँ जन्मदिन रग्बी खेलेर मनाए । ‘निकै रमाईलो भयो ।’ खेलीसकेपछि रोयले बिबिसीसँग भने, ‘नखेलेको धेरै भईसकेको थियो । तर मैदानमा उत्रिदाँ मैले राम्रो महसुस गरेँ । पुराना साथीहरुसँग खेल्दा वितेका दिनहरु ताजा भए ।’ तर, उनी अँझै पनि रिटायर्ड हुने मुडमा छैनन् । भन्छन्, ‘आउँदा दिनहरुमा पनि म रग्बी खेल्छु ।’  

ठट्यौलो बा

रोय धेरै नै ठट्टा गर्ने व्यक्ति हुन् । क्लबका फोटोग्राफर ब्रायन रोबर्टसन, सम्झिन्छन्, उनी रोयसँग जिस्किनकै लागि हात मिलाउन जान्थे । ‘उनी धेरै ठट्टा गर्छन् ।’ ब्रायनले सिएनएन स्पोर्टस्लाई बताए, ‘उनी हाँस्न र चुट्किला सुनाउन मन पराउँछन् । हरेक पटक उनीसँग चाखलाग्दा कथा हुन्छन् ।’  स्वास्थ्यसम्बन्धी रोगसँग कुनै गोप्य सुत्र छैन । उनी भन्छन्, ‘बिहान नास्तामा उमालेको अण्डा, टोस्ट अनि ठूलो कचौरामा पोरिज खान्छु । मलाई सागसब्जी पनि मनपर्छ । घरपछाडि आफैँ उमारेको छु । पानी पनि धेरै पिउँछु तर म वियर पिउन मन पराउँछु ।’ अनि, उनी हरेक दिन बिहान जीम जान्छन् । उनी भन्छन्, ‘म आफुलाई फिट राख्न जिम जान्छु, जगिङ र योगा पनि गर्छु तर रग्बी खेल्नु बिल्कुल फरक छ ।’

९५ वर्षको उमेरमा प्रायः मानिसहरु रोगी भईसकेका हुन्छन्; राम्रोसँग हिँडडुल गर्न पनि हम्मेहम्मे पर्छ; हाडजोर्नी र नशासम्बन्धी रोगले थलिएका हुन्छन् । तर, रोय फिट छन् । आफुसँग रग्बी खेल्ने खेलाडीहरुबारे उनी सम्झिन्छन्, ‘मैले केही खेलाडीका बुवाहरुसँग १९५०, ६० र ७० को दशकमा खेलेको थिएँ । तर, म जतिञ्जेल सकिन्छ, खेल्न चाहन्छु । खेल सकिएपछि म मेरा जुत्ता र कपडा धुन्छु । टिसर्ट आईरन गर्छु र किटभित्र मिलाएर राख्छु ।’              एजेन्सीबाट/अभिशेक जोशी    

         

प्रतिकृया दिनुहोस

यु १९ एसिया कपमा नेपाल समूह चरणबाटै

नेपालको सानदार जितः ४–० गोलले भुटान

एसियन गेम्सका ११ दिन : चीनले १९३ पदक

को–को परे फिपा बर्ष खेलाडीमा ?

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको

विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला