विश्वकप फुटबलको उद्घाटन बेलुका ८.१५ बजे

विश्वकप फुटबलको उद्घाटन बेलुका ८.१५ बजे

काठमाडौं । फुटबलको महाकुम्भ विश्वकप फुटबल–२०१८ प्रतियोगिता बिहीबार (आज) राति ८.१५ मिनेटमा उद्घाटन हुँदैछ । रसियाको मस्कोस्थित लुज्निकी रंगशालामा २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको विधिवत उद्घाटन हुनेछ। 

उद्घाटन लगत्तै रसिया र साउदी अरेबियाबीचको खेल सुरू हुनेछ। उद्घाटन समारोहमा रंगशालामा ८० हजार दर्शक उपस्थित हुने बताइएको छ । रसिया र साउदी अरबबीचमा अहिलेसम्म १ खेल मात्रै भएको छ । ग्रुप एमा रहेका यी दुई देशबीच सन् १९९३ मा भएको एक मैत्रीपूर्ण खेलमा साउदी अरबले रसियालाई पराजित गरेको थियो । त्यसखेलमा उतकृष्ट प्रदर्शन गर्दै साउदी अरबले रसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो । त्यसपछि साउदी अरब र रसियाबीचमा अहिलेसम्म भेट भएको छैन । पहिलो पल्ट विश्वकप आयोजना गरेको रसियाले आज कस्तो इनिङ दिन्छ त्यो हेर्न संसारभर दर्शक आतुर छन् ।  

फुटबलको पहिलो प्रतियोगिता सन् १९३० मा उरुग्वेमा भएको थियो । यस प्रतियोगितामा १३ ओटा राष्ट्रले भाग लिएका थिए । दक्षिण अमेरिकाबाट ७, युरोपबाट ४ र उत्तर अमेरिकाबाट २ देश सहभागी थिए । यो संस्करणमा उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुँदैछ।

८ समूहका रहेका ४–४ टिमबीच समूह चरणमा प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट छानिएका २–२ टिम अन्तिम १६ मा पुग्नेछन्। त्यसपछि क्वार्टरफाइनल, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरी कुल ६४ खेल हुनेछ र एक विजेता छानिनेछ। ३२ टिमबीच २१ संस्करणको उपाधिका लागि एक महिना प्रतिस्पर्धा चल्नेछ। 

प्रतिकृया दिनुहोस

यु १९ एसिया कपमा नेपाल समूह चरणबाटै

नेपालको सानदार जितः ४–० गोलले भुटान

एसियन गेम्सका ११ दिन : चीनले १९३ पदक

को–को परे फिपा बर्ष खेलाडीमा ?

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको

विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला