अलविदा फुटबलर मणि

अलविदा फुटबलर मणि

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी मणि विक्रम शाहको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो ।  पित्तथैली र कलेजोको समस्याबाट पीडित शाहलाई आइतबार साँझ नर्भिक अस्पतालमा भर्ना भएका थिए ।  सोमबार  साँझ निधन उनको भयो। शाहको निधनले नेपाली फुटबल क्षेत्रमा ठूलो क्षति पुगेको छ । 

शाहको शव अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान १० देखि १२ बजेसम्म दशरथ रंगशालामा राखिएको थियो। उनलाई श्रद्धाञ्जली दिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेसका नेता विजयकुमार गच्छदार लगायतका नेताहरू उपस्थित थिए।

उनी नेपाली फुटबलको उत्कृष्ट मिड फिल्डर थिए । कतिपयले उनलाई नेपाली रोनाल्डोको उपाधि समेत दिएका थिए । उनी १० नम्बर जर्सीमा खेल्थे ।   सन् १९८५ देखि १९९८ सम्म राष्ट्रिय टोलीबाट खेलेका छन्।

शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएका थिए । त्यसपछि उनले करिब १० वर्ष नेपाली फुटबलमा राज गरे।

सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण जित्दा उनी टिमको महत्वपूर्ण सदस्य रहेका थिए।

मनाङ मस्र्याङ्दी क्लबलाई ए डिभिजन लिगको उपाधि समेत जिताएका उनले १९९७ मा फुटबलबाट संन्यास लिए।

सन् १९९८ को बैंकक एसियाडमा नेपालको झण्डा बोक्ने मौका पाएका थिए। एसियाडमा राष्ट्रिय झन्डा बोक्ने उनी एक्ला फुटबल खेलाडी हुन् । २०२४ साल असार १५ गते आमा स्वर्गीय रेखा शाहको गर्भबाट जन्मिएका हुन् मणि । उनका बुवा स्वर्गीय लक्ष्मणविक्रम शाह पनि खेलाडी नै थिए ।

प्रतिकृया दिनुहोस

यु १९ एसिया कपमा नेपाल समूह चरणबाटै

नेपालको सानदार जितः ४–० गोलले भुटान

एसियन गेम्सका ११ दिन : चीनले १९३ पदक

को–को परे फिपा बर्ष खेलाडीमा ?

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको

विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला