‘म्याच फिक्सिङ’ हुन दिन्न : एन्फा अध्यक्ष शेर्पा 

‘म्याच फिक्सिङ’ हुन दिन्न : एन्फा अध्यक्ष शेर्पा 

काठमाडौँ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानून आवश्यक रहेको बताएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष शेर्पाले उक्त कुरा बताएका हुन् ।  

उनले भने,‘म्याच फिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउनको लागि सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल लिनुपर्छ ।’

उनले अनुशासन कमिटि र एपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतोहरू रोक्ने विश्वास समेत दिलाएका छन् । उनले भने,‘हामी सबै खेलाडीहरूको गतिविधि नियाँल्छौं, उनीहरूले कसलाई भेट्छन्, के गर्छन् ? त्यसको विषयमापनि जानकारी लिन्छौं ।’

पछिल्लो समय फूटबलमा ‘म्याच फिक्सिङ’ गरेको आरोप लागेको बताउँदै भने,‘फुटबलमा नीतिगत पारदर्शीता हुनुपर्छ, हामी अब त्यसैमा केन्द्रित हुन्छौं, यसका लागि विज्ञहरूसँग छलफल गरेर उपयुक्त नीति बनाउँछौं।’ एन्फामा देखिएको अनियमितता रोक्नको लागि आर्थिक नियामावली जारी गरेर पारदर्शीता कायम गर्ने उनको भनाई थियो ।

 अध्यक्ष शेर्पाले ७ वटै प्रदेशमा १४ वटा खेलकुद एकेडेमी निर्माण गरिनेपनि उनले जनाए । उनले भने,‘यी एकेडेमीहरू सञ्चालनमा आएसँगै उमेर समूहका खेलाडीहरू उत्पादन गर्नपनि हामीलाई सजिलो हुन्छ, यसले राष्ट्रिय टिम बनाउन धेरै सजिलो हुन्छ।’

उनले आफू एन्फाको नेतृत्वमा आएसँगै अब फुटबल खेलाडीहरूलाई बाह्रै महिना खेल्ने वातावरण बनाउनेपनि दाबी गरे । उनले भने,‘बाह«ै महिना खेल्ने वातावरण बन्नेवित्तिकै खेलाडीहरूको अभावपनि हुँदैन, यसले खेललाईपनि गुणस्तरीयता प्रदान गर्नेछ ।’

एन्फाले माथिल्लो श्रेणीको प्रतियोगिता सञ्चालन नगर्दा सयौं खेलाडीहरू यतिवेला बेरोजगार भएको अवस्था कोट्याउँदै अब तत्काल लिग सञ्चालन गरेर खेलाडीहरूलाई बाँच्ने आधार तय गर्ने शेर्पाको विश्वास छ । उनले भने,‘राष्ट्रिय खेलाडीहरू उपचार गर्न नसकेर विदेश पलायन हुनुपर्ने बाध्यताबाट मुक्त गर्न उनीहरूको स्वास्थ्य विमा गर्छौं।’ त्यस्तै उनले प्रशिक्षक र रेफ्रीलाई पनि खेलमै आवद्ध भएर बाँच्न सक्ने अवस्था आफूले सिर्जना गर्ने विश्वास दिलाए ।   

प्रतिकृया दिनुहोस

विश्वकप छनोट खेल्ने नेपाली टोलीको

नेपाल सिङ्गापुरसँग पराजित,विश्वकप

नेपालले मलेसियालाई ७ विकेटले हरायो,ग्लोबल

टी-२० विश्वकप : नेपाल कतारसँग ४ विकेटले

क्रिकेटको फाइनलमा एलेनाको नाङ्गिने

१३ औं साग प्रतियोगिताको तयारी शुरु

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला