निलम्बन फुकुवा गर्न आवश्यक लचक हुन्छौं : क्यान

काठमाडौँ ५ वैशाख ।  नेपाल क्रिकेट संघ क्यानको निर्वाचित कमिटीले क्यानको निलम्बन फुकुवा गर्नका लागि अहिलेको विधान संशोधन गर्न आवश्यक लचकताका साथ प्रस्तुत हुने बताएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्यानको निर्वाचित कमिटीले निलम्बन फुकुवा भइ नेपाली क्रिकेटले निकास पाउने अवस्थामा आफूहरु लचकताका साथ प्रस्तुत हुने बताएको हो ।

‘वर्तमान विधानका केही व्यवस्थाहरुमा संसोधन गरी अघि बढ्दा निलम्बन फुकुवा भई क्रिकेटले निकास पाउने अवस्थामा नेपाल क्रिकेट संघ आवश्यक लचकताका साथ प्रस्तुत हुने कुरा विश्वास दिलाउन चाहन्छौं’ क्यानले विज्ञप्तिमा भनेको छ ।

आफूहरु सँधै विधि र प्रक्रियाको पक्षमा रहेको बताउँदै आगामी दिनमा पनि नेपाली क्रिकेट विधि र प्रक्रियामा चलोस् भन्ने सुनिश्चिततामात्र खोजेको बताएको छ ।

क्यानको विशेष साधारणसभा आईसीसीका प्रतिनिधिहरुको समेत उपस्थितिमा वैशाख ६ र ७ गते हुँदैछ । ‘उक्त साधारणसभाले मस्यौदा विधानका प्रस्तावमाथि गहन छलफल गरी एउटा टुंगोमा पुग्ने विश्वास लिएका छौं’ निर्वाचित क्यानको विज्ञप्तिमा भनिएको छ ।

निर्वाचित क्यानले नेपालको निलम्बन फुकुवा गर्नका लागि सम्बन्धित सबै पक्ष जिम्मेवारीसाथ प्रस्तुत हुनुपर्ने पनि बताएको छ ।

‘नेपालको निलम्बन फकुवा भई क्रिकेट अघि बढ्ने कुरामा सबैको सहयोग र समर्थन रहने एवं सम्बन्धित पक्ष अत्यन्तै जिम्मेवारीका साथ प्रस्तुत हुनेछन् भन्ने आशा एवं विश्वास व्यक्त गर्दछौं ‘ विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस

यु १९ एसिया कपमा नेपाल समूह चरणबाटै

नेपालको सानदार जितः ४–० गोलले भुटान

एसियन गेम्सका ११ दिन : चीनले १९३ पदक

को–को परे फिपा बर्ष खेलाडीमा ?

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको

विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला