धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा क्रिकेट रंगशालाका लागि जग्गा अवलोकन 

धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा क्रिकेट रंगशालाका लागि जग्गा अवलोकन 

रुपन्देही । लर्ड बुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्य  क्रिकेट रंगशाला बनाउने अभियान बोकेको धुर्मुस–सुन्तली फाउण्डेसनको टोलीले रुपन्देहीको सैनामैनामा जग्गा अवलोकन गरेको छ । सैनामैना नगरपालिकाको अनुरोधमा आएको टोलीले सैनामैना ७ लम्टरियामा रहेको ६५ बिगाह जमिनमा रंगशालाको सम्भाव्यताबारे मंगलबार अवलोकन गरेको हो । 

स्थानीयले वृक्षरोपण गरेर हरियालीमा परिणत गरेको सो सार्वजनिक जग्गा पूर्वपश्चिम राजमार्गको कलौनीबाट २, वुद्ध जन्मस्थल लुम्बिनीबाट १६ र अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थलबाट करिब १८ किलोमिटरको दुरीमा रहेको छ । 

अवलोकनपछि अध्यक्ष सीताराम कट्टेलले स्थानीयको उत्साह र फाउण्डेशनले निर्माण गर्ने भनेको रंगशालाका धेरै उदेश्य यस क्षेत्रसँग मेल खाने भएकाले प्राविधिक परीक्षण सफल भएमा यही क्षेत्रलाई रोज्ने बताए । 

नगरपालिका प्रमुख चित्रबहादुर केसीले बुद्धजन्मस्थलको सामिप्यता, सडक र भूगोलले उपयोगी भएकाले यही क्षेत्रमा रंगशाला निर्माण गर्न आग्रह गरे ।  नगरपालिकाले रंगशालाका लागि जग्गा छनोट गरिए जग्गासँगै चालु आर्थिक वर्षमै एक करोड रुपैयाँ उपलब्ध गराउने समेत उनले बताए । 

प्रतिकृया दिनुहोस

सार्क नेटबलको अध्यक्षमा मोहनबहादुर

क्यानको नेतृत्वमा चतुरबहादुर चन्द

विश्वकप छनोट खेल्ने नेपाली टोलीको

नेपाल सिङ्गापुरसँग पराजित,विश्वकप

नेपालले मलेसियालाई ७ विकेटले हरायो,ग्लोबल

टी-२० विश्वकप : नेपाल कतारसँग ४ विकेटले

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला