क्रिकेट रंगशाला बनाउने धुर्मुसको घोषणा,जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह

क्रिकेट रंगशाला बनाउने धुर्मुसको घोषणा,जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह

काठमाडौँ  । भूकम्प पीडित र मुसहर वस्तीमा नमूना वस्ती निर्माण गरेर चर्चा बटुलेका कलाकार सिताराम कट्टेल धुर्मुसले फेरि अर्को खुसीको कुरा घोषणा गरेका छन् । नागरिक नायक धुर्मुसले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् । ४ वटा नमूना वस्ती निर्माण गरिसकेका धुर्मुसले फेसबुकमार्फत् अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका हुन्। 

उनले सबैको चाहना बमोजिम आफूले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन  गर्न लागेको बताए । उनले भने ‘सबैतिरबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन  गर्न अनुरोध आइरहेको र हाम्रो पनि नेपाली क्रिकेट टोलीको मनोबल बढाउने र सहयोग गर्ने दायित्व हुने हुनाले मैले यो परियोजनाको घोषणा गरेको हुँ।’ 

देशेको शिर उच्च बनाउने नेपालीको क्रिकेटको स्तरोन्नती गर्न नेपाली सबैले सहयोग गर्नुपर्ने भन्दै उनले लेखेका छन्, नेपालको क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुशी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ । र, यो अभियानमा धुर्मुस सुन्तली फाउण्डेशनले मात्रै नभई राष्ट्रकै अभियान हो। फाउण्डेशनले मात्र निर्माण संयोजन गर्नेछ । यसका लागि छुट्टै इन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ। 

साथै उनले यस परियोजनामा सरकारले पूर्णरूपमा सहयोग गर्ने आशा राख्दै भनेका छन्,  ‘हामीले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेका हौँ र हाम्रो लक्ष्य, उद्देश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो। र यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो यसमा नेपाल सरकारले गम्भीरतापूर्वक साथ, सहयोग अनि समन्वय गर्ने भन्नेमा हामी विश्वस्त छौँ।’

आफ्नो घोषणाबारे कुरा गर्दै उनले भने, ‘यो देशको आधारभूत आवश्यकता हो, सबै नेपाली र सरकार एकसाथ भएर जुटियो भने नबन्ने कुरै हुँदैन ।’ साथै उनले सरकारलाई जग्गा उपलब्ध गराउन आग्रह समेत गरे। 

 

 

 

प्रतिकृया दिनुहोस

को–को परे फिपा बर्ष खेलाडीमा ?

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको

विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन

 आयोजक रसिया क्वाटर फाइनलमा

टीम हारेपछि तनावमा जर्मन प्रशिक्षक

मैदानमा चम्किन्छन् ९५ बर्षे हजूर बा

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि