आईपीएल मेरो लागि ऐतिहासिक अवसर : क्रिकेटर सन्दिप

आईपीएल मेरो लागि ऐतिहासिक अवसर : क्रिकेटर सन्दिप

अमरवाणी संवाददाता/काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आईपीएलमा आफ्नो सगभागीतालाई लिएर उत्साहित रहेको बताएका छन् । दिल्ली डेयरडेभिल्समा आवद्ध भएपछि पहिलो पटक सोमबार पत्रकार सम्मेलनमार्फत् उक्त प्रतिक्रिया दिएका हुन् ।

 आईपीएल खेल्ने र नेपाली खेलाडीका रूपमा राम्रो प्रभाव छाड्ने लक्ष्य लिएर उनी भोलि दिल्ली जाँदैछन् । मेडिकल लगायतका सबै प्रक्रिया पुरा गरेपछि २९–३० तारेखबाट उनको ट्रेनिङ सुरु हुने कार्यतालिका रहेको छ ।   

आईपीएलबाट सिकेर सिकेर नेपाली क्रिकेटको विकासमा लागू गर्ने इच्छा रहेको बताउँदै सन्दिपले भने, ‘म धेरै खुसी भएको छु । यो मेरो लागि ऐतिहासिक अवसर हो ।’ सन्दिपका लागि यो समय अत्यन्त महत्वपूर्ण हुनेछ । त्यहाँ उनले टिममा भएका खेलाडीहरूसँग सिक्ने मात्र होइन, आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन् । 

  क्यानडाका पुवुदु दशानायाक नेपालमा आएर आएर नेपाली क्रिकेटरहरूलाई प्रशिक्षण गराए । अहिले दशानायक नेपालको पूर्व प्रशिक्षक हुन् । उनैले सन्दिपलाई राष्ट्रिय टोलिमा सहभागी गराएका थिए । त्यसअघि लामिछानेलाई नेपाली क्रिकेटले पनि नचिनेको पुष्टि हुन्छ ।  त्यसपछिका दुई वर्षको अन्तरालमा सन्दिपले आफ्नो करियरमा ठूलो फड्को मारेका छन् ।  

यो सफलताको सबै श्रेय नेपाली टिमलाई दिन चाहन्छन् सन्दिप भन्छन्, म नेपाली टिमका लागि खेलिरहेको छु, त्यसमा नै गर्व लाग्छ । किनभने शायद नेपालका लागि नखेलेको भए म केही पनि हुने थिइनँ ।’ त्यसैले यहाँसम्मको यात्राका लागि सबै श्रेय यू–१९ र सिनियर टिमसँगै प्रशिक्षकलाई दिन चाहन्छु उनले भने ।  

प्रतिकृया दिनुहोस

यु १९ एसिया कपमा नेपाल समूह चरणबाटै

नेपालको सानदार जितः ४–० गोलले भुटान

एसियन गेम्सका ११ दिन : चीनले १९३ पदक

को–को परे फिपा बर्ष खेलाडीमा ?

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको

विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला