क्रिकेटलाई साख जोगाउने चुनौती 

रमेश दवाडी/नेपाली खेल क्षेत्रमा क्रिकेट सबैभन्दा प्रिय खेल बनेको छ । क्रिकेटले एकपछि अर्को अन्तर्राष्ट्रिस्तरको सफलता हासिल गरेर अघि बढिरहेको छ । युवा खेलाडी सन्दीप लामिछाने आईपिएलका लागि छनोट र एकदिवसीय  मान्यता पाउनुले क्रिकेटमा उपलब्धिमा ऐतिहासिक फड्को मारेको छ । यु–१९ एसिया कप, यू–१९ विश्वकप, विश्व क्रिकेट लिगका विभिन्न चरण हुँदै सिनीयर टिमको विश्वकपसम्मको यात्रा र एकदिवसीय मान्यता पाउनु क्रिकेटले गरेका उपलब्धि महत्वपूर्ण कोशेढुङ्गा हो । नेपालले एकदिवसीय मान्यता पाएपछि देश–विदेशबाट बधाई तथा शुभकामना आए । यसैबीच भारतीय चर्चित क्रिकेटर महेन्द्रसिंह धोनीले सामाजिक सञ्जाल मार्फत् बधाई र शुभकामना दिए । यो भनेको हामीप्रति छिकेकी चासो हो ।

 त्यस्तै नेपालले एक दिवसिय मान्यता प्राप्त गरेपछि क्यानकी पूर्व सिईयो भावना घिमिरेले सामाजिक सञ्जालमा क्रिकेट निकाय हेर्ने निकायनै नभएको प्रस्ट्याइन् । क्रिकेट मैदानको उदाहरण देखाएर उनले लेखिन–आजै बिहानै मात्र ग्राउण्ड स्टाफले फोन गर्नुभयो र भन्नुहुँदै तियो– म्याम ! टियू ग्राउण्डमा पानी छैन्, मैदान सुकिसक्यो । सबैलाई भनिसकें, कसैले वास्तै गर्दैनन् । नेपालको आजको उपलब्धिले हाम्रो भुँइमा खुट्टा छैनन्, टेष्ट राष्ट्रको गोरेटो अब तयार हुँदैगर्दा हाम्रो क्रिकेट हेर्ने निकाय खै ? पाँच चैतमा नेपाललाई एकदिवसीय मान्यता दिलाएर साथ स्वदेश फर्किएको नेपाल टोलीका अनुहारमा खुसी प्रस्ट देख्न सकिन्थ्यो । नेपाली क्रिकेट खेलाडीहरूले यस पटक मात्र होइन, धेरै पटक आफ्नो जिम्मेवारी पूरा गर्दै आएका छन् । तर, सरकार र आफूलाई क्रिकेटका स्टेक होल्डर भन्नेहरूले आफ्नो जिम्मेवारी पूरा नगर्दा पाएको सफलता जोगाउन सकिरहेको देखिंदैन ।  कप्तान पारस खड्काले खेलाडीहरूले आफ्नो जिम्मेवारी पूरा गरेको बताए । अब खेलाडीसँगै क्रिकेट पदाधिकारी र देशमाथि नै जिम्मेवारी छ कि क्रिकेटलाई कसरी हेर्ने ? भनेर प्रश्न पनि गरेका छन् ।  कप्तान खड्काको यो प्रश्न नयाँ भने होइन । क्रिकेट सुधारका लागि खड्काले यस्ता कुरा त कयौं पटक भनेका छन् । तर,खै किन हो सम्बन्धित निकाय मौन छ ।

क्रिकेटमा भएको लगानी, खेल मैदान, युवापुस्ताको क्रिकेटप्रतिको आकषर्ण बढ्दो भए पनि उचित पूर्वाधारविना क्रिकेट विकासको अबको बाटो कठिन छ ।  क्रिकेटको चर्चा पनि मौसरी हुने गरेको देखिन्छ । किनकी हाम्रा खेलाडीहरूले अन्तर्राष्ट्रिस्तरको खेल जितेको बेलामा क्रिकेटको चर्चा हुन्छ । अन्तर्राष्ट्रिस्तरको खेल सधैं हुँदैन । खेल सधैं जितिन्छ भन्ने पनि छैन् । तर, जितेर मुलुकको शिर उच्च बनाउँदा भने सबैलाई हर्षित बनाउँछ । इतिहासमा त्यस्ता क्षणहरू बिरलै आउँछन्, जसले सिंगो देशलाई नै उमंग, उत्साह र खुसीको माहोलमा पु¥याउँछ । विश्व क्रिकेट लिग डिभिजन–२ प्रायःसबै खेलमा नेपाली टोलीले शानदार प्रदर्शन ग¥यो । खेलाडीहरू पारस खड्का, सन्दीप लामिछमने, करण केसी, वसन्त रेग्मी चर्चाको शिखरमा चुलिए । यस अघि पनि बंगलादेशमा सम्पन्न ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपालका खेलाडीहरूले देखाएको शानदार प्रदर्शनपछि देश नै खुसी थियो । उत्कृष्ट सफलता प्राप्तिसँगै खेलाडीहरू पनि एकाएक ‘राष्ट्रिय हिरो’ बन्न पुगेका थिए । साथै, बंगलादेशबाट बटुलेर ल्याएको सफलता नेपाली दर्शक र शुभेच्छुकहरूसामु बाँड्न खेलाडीहरू पनि अत्यन्तै उत्साहित र लालायित देखिएका थिए । खेलाडीहरूलाई राष्ट्र र जनताले अपार माया, स्नेह र सद्भाव अर्पण गरेका थिए । त्यतिखेरको जस्तै खुसी अहिले फेरि दोहोरिएको छ । क्रिकेटको माध्यमद्वारा नेपालको नाम चम्किनु गौरवको विषय हो ।       

कुनै पनि कुरामा सफलता प्राप्त गर्नु जति कठिन हुन्छ, त्योभन्दा बढी उक्त सफलतालाई जोगाइराख्न कठिन हुन्छ । नेपाली क्रिकेटले एकपछि अर्को जित हासिल गरेर सफलताको जुन उचाई प्राप्त गरेको छ, त्यसलाई जोगाइराख्ने ठूलो टिमसामु सधैं जिम्मेवारी र चुनौती छ । अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिइरहेको अहिलेको पुस्ताले जुन क्षमता प्रदर्शन गर्न सकेको छ, अब भावी पुस्तालाई पनि त्यही अनुपातमा क्षमतावान् बनाउँदै लैजान आवश्यक रहेको देखिन्छ । कुनै एक खेलमा सफलता हात पारियो भन्दै दङ्ग परेर बस्ने बेला छैन् । समयक्रमसँगै यही स्तरको खेल खेल्न हामीलाई नयाँ–नयाँ क्षमतावान् खेलाडीको आवश्यकता पर्दछ । क्रिकेटले राम्रो नतिजा प्राप्त गर्दै जाँदा दुःखद् पक्ष चैं के छ भने, सरकारले खेलको मर्म नै बुझेको छैन जस्तो लाग्छ । विकासका लागि जसरी दीर्घकालीन योजना र रणनीति बनाएर अघि बढ्नुपथ्र्यो, त्यो गर्न सकेको देखिदैन् । न्यून बजेट, सीमित साधन स्रोत र पूर्वाधारका विकासबिनै क्रिकेटले सफलता पाएको सत्य हो । अभाव र अपुगको अवस्थामा सफल बन्दै गरेको क्रिकेटले पर्याप्त साधनस्रोत, त्यसैअनुरूपको पूर्वाधार विकास प्राप्त गर्ने हो भने यो खेलमार्फत नेपालको प्रतिष्ठा बढ्नेमा दुई मत छैन् । तर सरकारले यसतर्फ आवश्यक गाम्भीर्य देखाउन सकेको भने देखिदैन ।  

 

मुलुकमा क्रिकेटका लागि पूर्वाधार विकास गर्ने, बढीभन्दा बढी घरेलु प्रतियोगिता गर्ने, क्रिकेट प्रशिक्षण केन्द्रहरू खोल्ने, यसका लागि आवश्यक साधनस्रोतको कन्जुस्याइँ नगरी व्यवस्था गर्ने, पर्याप्त बजेट उपलब्ध गराउने गर्नुपर्छ । हुन त पहिलेको तुलनामा नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय खेल जित्न थालेपछि सरकारले खेलाडीको हौसला बढाउन बढाउने कार्य नगरेको पनि होइन । यसो गर्दा खेलाडीहरू खेलप्रति उत्साहित हुन्छन् । मनोबल बढ्छ । तर क्रिकेटलाई दीर्घकालीन रूपमा विकास गर्ने र अहिले प्राप्त उपलब्धिलाई जोगाउँदै यसको स्तर अझै उकास्नमा भने  यत्तिले पुग्दैन । त्यसका लागि सातै प्रदेशमा क्रिकेट स्टेडियमहरू बनाउने र घरेलु प्रतियोगिता गर्दा राम्रो हुन्छ । वर्षभरिमा मुलुकभित्र क्रिकेटका घरेलु प्रतियोगिता करिव दुई महिना मात्रै हुन्छन् । फुटबलमा भने झन्डै नौ महिना घरेलु प्रतियोगिता हुने गरेको देखिन्छ । क्रिकेटमा पनि धरै प्रतियोगिताको गर्न सक्नुपर्छ ।  अहिलेसम्म क्रिकेटमा नेपालले जति सफलता प्राप्त गरेको छ त्यो सबै खेलाडी र प्रशिक्षकको मेहनतले हो । सफलतालाई निरन्तरता दिन सधैं यिनै खेलाडी र प्रशिक्षक हुँदैनन् । तर सफलता प्राप्त गर्ने उदाहरण भने टिमले बनाएको छ ।

अब त्यसलाई निरन्तरता दिन क्रिकेटलाई बलियो बनाउन पर्छ, राज्यले त्यसैअनुसारको लगानी र प्राथमिकता दियो भने अहिले पाएको सफलताले स्थायित्व पाउन सक्ने छ ।  घरेलु प्रतियोगिता नहुने हो भने खेलाडीले खेल्न पाउँदैनन् । राम्रो खेलाडी तयार हुन उसले खेल्न पाउनुपर्छ । खेल्ने वातावरण हुनुपर्छ । यसमा खेलाडीको आर्थिक पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन आउँछ । त्यसैले व्यवसायिक क्रिकेट प्रतियोगिता आयोजना हुनुपर्छ । लगातार खेलिरहँदा खेलाडीहरू सधै ‘लय’ र ‘फिट’कम रहने सम्भावना भइरहन्छ । दुई खेल खेलेको भरमा खेलाडीको लय र फिटनेस जाँच हुँदैन । यस्तो अवस्थामा नयाँ खेलाडीले टोलीमा ठाउँ पाउने सम्भावना पनि रहँदैन । नराम्रो खेल्ने खेलाडी टोलीबाट विस्थापित पनि हुँदैनन् । यो सबै दिने भनेको घरेलु प्रतियोगिताले हो । नेपालजस्तो एसोसिएट देशमा कम्तीमा हरेक वर्ष एउटा खेलाडीले घरेलु क्रिकेटमा ३५ भन्दा बढी खेल खेल्नुपर्छ । यसका लागि क्रिकेटका सरोकारवाला निकायले योजनाबद्ध रूपमा क्रिकेटलाई विकास गर्नुपर्छ ।

 नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय सम्भावना ठूलो छ । विश्वका शीर्ष १५–२० टोलीको सूचीमा हामी पनि पर्छौं । यो खुसीको कुरा हो । क्रिकेटमात्र नेपालको यस्तो खेल हो जसको यू–१९ विश्वकप ६–७ पटक खेलेको छ, यु–१९ एसिया कप खेलेको छ । नेपालमा क्रिकेटको क्रेज  टेस्ट राष्ट्रकै हाराहारीमा रहेको देखिन्छ । क्रिकेटका महारथीहरू भनिने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशको नजिक भएर पनि हुन सक्छ ।  क्रिकेटको दर्शक आधारका कारण ठूला प्रतियोगिताहरू आयोजना गर्न सक्छ । अन्तरदेशीय खेलहरू आयोजनाका लागि नेपाल सन्तुलित दर्शक बन्न सक्छन् । त्यसैले नेपाल क्रिकेटको ठूलो बजार बन्न सक्छ । क्रिकेटलाई हामीले नेपालको ब्रान्ड बनाउन सक्छौं ।  यसका लागि नेपाली क्रिकेटको अन्तर्राष्ट्रियस्तर अझ माथि पु¥याउनुपर्ने चुनौती भने छ । 

क्रिकेट विकासमा सहयोग गर्ने खालका स्कुल क्रिकेट, विश्वविद्यालय क्रिकेट, राष्ट्रिय क्रिकेट, फ्रेन्चाइज क्रिकेटजस्ता प्रतियोगितालाई योजनाबद्धरूपमा वर्गीकरण गर्नुपर्छ । जसले गर्दा नयाँ र राम्रा खेलाडीहरुको उत्पादन हुन्छ । क्रिकेट एकेडेमी पनि बनाउन सकिन्छ । राष्ट्रिय टिमका खेलाडी प्रदिप ऐरी, भुवन कार्कीलगायतले सञ्चालन गरेको हिमालयन क्रिकेट एकेडेमी जस्तै हुने हो भने केटाकेटी क्रिकेट सिक्छन् र नयाँ प्रतिभा उत्पादन हुन्छन् । एकेडेमीको उद्देश्य नै क्रिकेटको विकास गर्ने हो । क्रिकेट एकेडेमी खुल्दै जाने, अनुभवी खेलाडी तथा कोचले सिकाउँदै जाने र सरकारले पनि त्यही अनुसारको लगानी गर्ने हो भने क्रिकेटको भविष्य सुन्दर छ । घरेलु क्रिकेटको राम्रो जग बसाल्नु सक्ने हो भने अगाडिको यात्रा सहज हुन्छ । 

प्रतिकृया दिनुहोस

यु १९ एसिया कपमा नेपाल समूह चरणबाटै

नेपालको सानदार जितः ४–० गोलले भुटान

एसियन गेम्सका ११ दिन : चीनले १९३ पदक

को–को परे फिपा बर्ष खेलाडीमा ?

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको

विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला