पपुवा न्यूगिनीमाथि नेपालको शानदार जित,एकदिवसीय मान्यता पाउने पक्का

पपुवा न्यूगिनीमाथि नेपालको शानदार जित,एकदिवसीय मान्यता पाउने पक्का

काठमाडौँ । आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि पपुवा न्यूगिनीसँगको खेलमा नेपालले शानदार रूपमा  जित हाँसिल गरेको छ ।  टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पपुवा न्यूगिनीमाथि सहज जित दर्ता गरेको हो । 

नेपालका लागि ओपनर ब्याट्सम्यान सस्तैमा समेटिए । दोस्रो चरणका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरे । उनले तीन छक्का र एक चौकाको मद्दतमा ५० रन पूरा गरे ।

पपुवा न्यूगिनीले दिएको ११५ रनको लक्ष्य नेपालले २३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा नेपालका आरिफ शेख चौथो विकेटका रूपमा २० दशमलव ६ ओभरमा ४२ बलमा २६ रन बनाएर आउट भए । कप्तान पारस खड्का ६ दशमलव पाँच ओभरमा तेस्रो विकेटका रुपमा आउट भएका थिए । उनले १८ बलमा २० रन मात्र जोड्न सके।

नेपालका ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल तीन बलमा एक रन बनाएर आउट भए भने अनिल शाह नौ रनमा आउट भएका थिए ।  पपुवा न्यूगिनीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले चारचार विकेट लिएका थिए भने सोमपाल कामी र करण केसीले एकएक विकेट लिए । 

आईसीसीको नियमअनुसार नेदरल्यान्ड्सबाहेक विश्वकप छनोट प्रतियोगितामा सहभागी एसोसिएट टोलीमध्ये शीर्ष तीनले सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पाउनेछन् । गत डिसेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ‘आईसीसी’ विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको हैसियतमा नेदरल्यान्ड्सले यसअघि नै एकदिवसीय टोलीको मान्यता पाइसकेको छ । यसैगरी सोसिएट टोलीमध्ये सुपर सिक्स चरणमा पुगिसकेका संयुक्त अरब इमिरेट्स ‘यूएई’ र स्कटल्यान्डले पनि एक दिवसीय मान्यता पक्का गरिसकेका छन् ।

अब बाँकी रहेको एक स्थानका लागि सुपर सिक्स चरणमा पुग्न नसकेका नेपाल, हङकङ र पपुवा न्युगिनीले प्ले अफ खेलमार्फत आआफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् । पहिलोपटक एकदिवसीय टोलीको मान्यता प्राप्त गर्न नेपाले बिहीबार हुने खेलमा पपुवा न्युगिनी ९पीएनजी० लाई हराइसकेको छ । पीएनजीविरुद्धको एक जितले नै पनि नेपाललाई आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता दिलाउने सम्भावना छ । 

प्रतिकृया दिनुहोस

को–को परे फिपा बर्ष खेलाडीमा ?

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको

विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन

 आयोजक रसिया क्वाटर फाइनलमा

टीम हारेपछि तनावमा जर्मन प्रशिक्षक

मैदानमा चम्किन्छन् ९५ बर्षे हजूर बा

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि