एआइपिएसका नवनिर्वाचित कोषाध्यक्षलाई मञ्चको सम्मान

पाकिस्तानको इस्लामावादमा गतसाता सम्पन्न एसियाली खेलकुद पत्रकारहरुको छाता संगठन एआइपिएस एसियाको कोषाध्यक्षमा पुनः निर्वाचित भएका नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष निरञ्जन राजवंंशीलाई मञ्चले एक कार्यक्रमका बीच सम्मान गरेको छ।

बिबिसी नेपाली सेवाको खेलकुद सम्वाददाताको रुपमा कार्यरत राजवंशी लगातार दोस्रो पटक एआइपिएसको कोषाध्यक्षमा निर्वाचित भएका हुन्।

सम्मान कार्यक्रममा मञ्चका पदाधिकारीसँगै खेलकुद क्षेत्रका व्यक्तित्वहरुले मन्तव्य राख्दै नेपाली खेलकुद पत्रकारितालाई अन्तराष्ट्रिय मञ्चमा पुर्याउन प्रभावकारी भूमिका निर्वाह गरेकोमा राजवंशीको प्रशंसा गरे।

सम्मान पश्चात मन्तव्य राख्दै नवनिर्वाचित कोषाध्यक्ष राजवंशीले नेपाली खेलकुद पत्रकारितालाई अन्तराष्ट्रिय क्षेत्रमा जोड्न आफ्नो कार्यकालमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

‘यो मेरा मात्र नभई सम्पुर्ण नेपाली खेलकुद पत्रकारहरुको जित हो,’ राजवंशीले भने, ‘अन्तराष्ट्रिय मञ्चमा नेपालको सहभागिताले नेपाली खेलकुद पत्रकारिताको विकास र विस्तारमा सघाउ पुग्नेछ।’ खेलकुद पत्रकारिता सम्बन्धमा एसियामा आउने जुनसुकै अवसर तथा कार्यक्रमहरुमा नेपाली सहभागिताको ढोका खुलेको राजवंशीले बताए।

बधाई तथा शुभकामना दिदै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राजवंशीले नेपाली खेलकुद पत्रकारितामा पुर्याएको सहयोग अतुलनिय रहेको बताए।

‘निरन्तरता, इमान्दारिता र समर्पणले सफलता दिन्छ,’ एसियाली खेलकुद पत्रकारहरुको छाता संगठनमा पुनः निर्वाचित भएको प्रसंग निकाल्दै उनले भने, ‘त्यसैको प्रतिफल स्वरुप मञ्चले अन्तराष्ट्रिय फोरममा विजयी प्राप्त गरेको छ।’

त्यस्तै नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले राजवंशी पत्रकारितामा मात्रै नभई खेलाडीहरुका लागि पनि प्रेरणाको स्रोत भएको बताए।

सम्मान कार्यक्रममा सहास स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपाने, नेपाल गल्फ संघका अध्यक्ष टाँसी घले, मञ्चका अध्यक्ष महेश आचार्य, प्रथम उपाध्यक्ष देवेन्द्र सुवेदी लगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो।

इस्लामावादमा भएको एआइपिएस एसियाको विशेष साधारणबाट दुई दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारिता गर्दै आएका राजवंशीको कोषाध्यक्षमा निर्वाचित भएका थिए।

उनले सिरियाकी अविर अलीलाई पराजित गरेका थिए। २५ मध्ये राजवंशीले १८ र अलीले ७ मत प्राप्त गरेकी थिइन्। एक कार्यकाल सदस्य रहेका राजवंशी गत बर्ष कोषाध्यक्षमा निर्वाचित भएका थिए।

मञ्च सन् २००६ देखि एआइपिएस एसिया सदस्य बनेको थियो। मञ्चले गत एआइपिएस एसियाको केन्द्रिय समितिको बैठक काठमाडौंमा आयोजना गरेको थियो। मञ्चको प्रतिनिधित्व गर्दै राजवंशी पहिलो पटक २०१२ मा एआइपिएस एसियाको सदस्य निर्वाचित भएका हुन्।

उनी २०६० साल देखि निरन्तर नौं वर्ष मञ्चको अध्यक्ष बनेका थिए। २०५२ सालमा समाचारपत्र दैनिकबाट खेलकुद पत्रकारिता सुरु गरेका राजवंशी अहिले बिबिसी नेपाली सेवामा कार्यरत छन्।

 

प्रतिकृया दिनुहोस

विश्वकप छनोट खेल्ने नेपाली टोलीको

नेपाल सिङ्गापुरसँग पराजित,विश्वकप

नेपालले मलेसियालाई ७ विकेटले हरायो,ग्लोबल

टी-२० विश्वकप : नेपाल कतारसँग ४ विकेटले

क्रिकेटको फाइनलमा एलेनाको नाङ्गिने

१३ औं साग प्रतियोगिताको तयारी शुरु

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला