डडेल्धुरामा देउवाले जित्लान्? यस्तो छ लेखाजोखा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट प्रतिस्पर्धा गर्दैछन्। लामो समयदेखि डडेल्धुरामा देउवा निकट रहेका दुई गुट सक्रिय छन्। डडेल्धुरा कांग्रेसका पूर्वसभापति रघुवर भट्ट र वर्तमान सभापति कर्ण मल्ल समूहमा विभाजित छ सिंगो नेपाली कांग्रेस डडेल्धुरामा।

यसपटक देउवाको उम्मेदवारी सिफारिस रोचक ढंगले भयो। प्रदेशसभा र प्रतिनिधिसभाका लागि डडेल्धुरा कांग्रेसका दुई गुटले छुट्टाछुट्टै सिफारिस केन्द्रीय समितिमा बुझाएका थिए। प्रदेशसभामा उनीहरुबीच तिब्र बिवाद रहेपनि दुवै गुटले प्रतिनिधिसभामा भने देउवाको नाम सर्वसम्मत रुपमा चयन गरे।

देउवाले ०४८ सालयताका हरेक निर्वाचन डडेल्धुराबाट लडेका छन् र कहिल्यै पराजित भएका छैनन्। ०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा पाँचौं पटक डडेल्धुराबाट विजयी देउवा छैटौं पटकका लागि तयारीमा छन्। छैटौंपटक पनि डडेल्धुरा जितेर देउवाले आफ्ना अघिल्ला अपराजेय यात्रालाई कायम राख्छन् या माओवादी र एमालेको वाम गठबन्धनका सामु पहिलो पटक डडेल्धुरामा पराजित हुन्छन्? हामीले यसको लेखाजोखा गरेका छौं।

०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा देउवा २३ हजार ९२० मतका साथ विजयी भएका थिए। जबकी उनका निकटतम प्रतिद्वन्द्वी तत्कालिन एकीकृत माओवादीका खगराज भट्टले १२ हजार ४ सय ८१ मत प्राप्त गरेभने एमालेका तारा जोशीले ७ हजार १ सय ९९ मत प्राप्त गरेका थिए। यस परिणामलाई हेर्दा देउवा दुवै उम्मेदवारको मत जोड्दापनि ४ हजार २ सय ४० मतका साथ अगाडि थिए।

तर स्थानीय निर्वाचनको मतपरिणाम भने डडेल्धुरामा नेपाली कांग्रेसका लागि सन्तोषजनक रहन सकेन। कांग्रेसको परम्परागत गढका रुपमा परिचित डडेल्धुरा कांग्रेसभित्रको गुटले आक्रान्त थियो। अजयमेरु गाउँपालिकामा नेपाली कांग्रेसका वागी उम्मेदवार नै विजयी उम्मेदवार भन्दा झिनो मतले मात्र पछाडि थिए। जिल्लाको गुटको प्रभाव गाउँगाउँसम्म देखिएको थियो। त्यसैले परिणाम कांग्रेसको प्रतिकुलमा आयो।

संख्यात्मक हिसाबले नेपाली कांग्रेसले डडेल्धुरामा ७ स्थानीय तहमध्ये ४ वटा जितेको थियो। अधिकांश तहमा झिनो मतले मात्र कांग्रेस विजयी भएको थियो भने वडाहरुमा नेपाली कांग्रेसको उपस्थिती कमजोर थियो।  डडेल्धुराका ५२ वडामध्ये सबैभन्दा बढि १९ वडामा एमाले विजयी भएको थियो भने नेपाली कांग्रेस १७ वडामा विजयी भयो। माओवादी केन्द्रले १६ वडामा बाजी मारेको थियो।

स्थानीय निर्वाचनमा विजयी नेपाली कांग्रेसका नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्षले कुल १९ हजार ५ सय २३ मत प्राप्त गरेका छन्। यस्तै, सम्पूर्ण नगर प्रमुख र गाउँपालिका अध्यक्षमा विजयी एमाले उम्मेदवारको कुल मत १६ हजार ९१५ हुन आउँछ भने माओवादी केन्द्रका विजयी प्रमुख र अध्यक्षले कुल १० हजार ९ सय ४५ मत प्राप्त गरेका छन्। यसरी हेर्दा गाउँ र नगरमा विजयी कांग्रेसका अध्यक्ष र प्रमुखका उम्मेदवारले १९ हजार ५ सयको हाराहारीमा मत प्राप्त गर्दा एमाले र माओवादी केन्द्रका उम्मेदवारले २७ हजार ८ सयको हाराहारीमा मत प्राप्त गरेका छन्।

यसपटकको निर्वाचनमा वाम एकता हुने समझदारी बनिसकेको छ। त्यसैले एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा निर्वाचन लडेको खण्डमा गठबन्धनले डडेल्धुराको परम्परागत शक्ति नेपाली कांग्रेसलाई धक्का पु¥याउने प्रबल सम्भावना छ।

नेपाली कांग्रेसले साना दलसंग गठबन्धन गरेर निर्वाचन लड्ने सम्भावनालाई हेर्दा डडेल्धुरामा स्थानीय तह निर्वाचनमा कुनै साना दलले चमत्कार गर्न सकेका छैनन्। प्रमुख तीन राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र बाहेक अन्य दलहरु डडेल्धुराका सबै नगरपालिका र गाउँपालिकामा मतका हिसाबले निक्कै पछाडि छन्। त्यसैले स्थानीय तहको निर्वाचन परिणामलाई समेत विचार गर्दा डडेल्धुरामा छैटौं पटक पनि विजयको माला पहिरिनका लागि देउवाले निक्कै मेहनत गर्नुपर्ने प्रष्ट छ।

देउवाले वडावडासम्म झाङ्गिएका गुटलाई निर्मुल पारेर सिंगो कांग्रेसलाई एकढिक्का बनाएर निर्वाचनमा प्रतिष्पर्धा गर्छन् वा मौजुद अवस्थामा रहेको गुटले जर्जर कांग्रेसलाई नै काँध हालेर निर्वाचन लड्छन्, यसले पनि उनको मतपरिणामलाई प्रभावित पार्ने निश्चित छ।

प्रतिकृया दिनुहोस

वर्षको उत्कृष्ट स्टोरीः डा. बाबुराम

पूर्व गृहमन्त्री र राज्यमन्त्री विरुद्ध

दिल्लीबाट फर्किएका राजदूत टिकटका

जो पहिले मन्त्री भए, अहिले प्रदेशतिर

पर्यटकले खचाखच मनास्लु पदमार्गका

डडेल्धुरामा देउवाले जित्लान्? यस्तो

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला