खुशी छन् खच्चड ड्राइभर

गोरखाको धार्चे गाउँपालिका केरौंजा रुन्चेतका रामदेव गुरुङ खच्चड व्यवसायी हुन्। ऋणधन गरी उनले दश वटा खच्चड जुटाएका छन्। एउटा खच्चड खरिद गर्दा कम्तिमा एक लाख २० हजार रुपैंया पर्छ। खच्चड संचालन गर्न ड्राइभर चाहिन्छ। खच्चड ड्राइभर खोजेका बेला पाइदैनन्, पाइहाले पनि मासिक पारिश्रमिक धेरै दिनुपर्ने भएपनि रामदेव आफैँ खच्चड ड्राइभर भएका हुन्।

रामदेवले भने, ‘सवारीसाधन किन्न बैंकहरुले ६५ प्रतिशतसम्म लगानी गरेको सुनिन्छ। तर, खच्चड किन्नलाई बैंकले पत्याउँदैनन्। गाउँलेहरुबाट ऋण लिएर किनेको हुँ।’ खच्चड संचालनबाट खर्च कटाएर मासिक ८० हजारदेखि एक लाख रुपैंयासम्म आम्दानी गरेको गुरुङले बताए। खच्चडका आहारा दिनको आठ माना मकै, दाना र घाँस हो। सोति बजारदेखि सामागाउँ, छेकम्पार, सिर्दिवास, ल्हो, प्रोक, बिही, केरौंजा, काशीगाउँ, उहिया, लापुलगायत क्षेत्रमा खच्चड बढी संचालन हुन्छन्।

 

रामदेवले भने, ‘मोटरबाटो आएपछि मालबहाक सवारीसाधन आउँछन्। खच्चड माथि माथि लैजानुपर्छ । मोटरले खच्चड बिस्थापित गर्छ।’ सडकसुविधा नपुगेका उत्तरी गोरखाका गाउँमा खाद्यान्नलगायत सामग्री ढुवानीको माध्यम खच्चड हो। हुनेखाने ब्यबसायीले अहिले हेलिकोप्टरबाट पनि सामान ढुवानी गर्न थालेका छन्। खच्चड नपुग्ने ठाउँमा भरियाले पनि भारी पु¥याउने गर्छन्। मनास्लु पदमार्ग भएर उत्तरी भेगमा करिब दुई हजार वटा खच्चडहरु संचालन भइरहेका छन्।

उहियाको खोर्लाका ब्यबसायी काशीराम गुरुङले खच्चड ड्राइभरले मासिक ४० हजार रुपैंया पारिश्रमिक लिँदै आएको बताए। उनले भने, ‘खाना, खाजा खुवाएर मासिक २५ हजार रुपैंया तलव दिइन्छ। सुख्खा हो भने ४० हजार रुपैंया पर्न आउँछ।’ प्रायः बिद्यालय शिक्षा छाडेका युवाहरु खच्चड ड्राइभर भएका छन्। उनीहरुले घामपानी, उकालो, ओरालो, पहिरो केही भन्न पाउँदैनन्। साँघुरो बाटोमा खच्चड र भारी बचाएर गन्तब्यमा पु¥याउनु खच्चड ड्राइभरका लागि चुनौतीको बिषय हो।

रुन्चेतका बसन्त गुरुङका अनुसार बिरामी भएका खच्चडको उपचार गर्ने ठाउँको अभाव छ भने बिरामी खच्चडका डाक्टर भनेका खच्चड ड्राइभर नै हुन्। उनले भने, ‘अधिकांश खच्चडको समस्या पिसाव बन्द हुने रहेछ । भारी बोकेर हिड्डाहिड्दै खच्चड थला पर्छ।’ खच्चड ड्राइभरले संभावित रोगहरुको औषधि झोलामा लिएर हिडेका हुन्छन्। पिसाव बन्द भयो भने खच्चडको नाकमार्फत् औषधि खुवाउनुपर्छ। घाँसले पेट गडबढ भएका खच्चडको उपचार बिधि भिन्नै छ। रक्सी खुवाएर बिरामी खच्चडलाई निको पारिन्छ।

खच्चडको बीमा गरिएको भएपनि मरेका खच्चडको बीमा नपाएको ब्यबसायीहरु गुनासो गर्छन्। ब्यबसायी रामदेवले भने, ‘खच्चडलाई एक हजार रुपैंया तिरेर बिमा गर्न साथीहरु उत्साहित छन्। तर खच्चड मरेपछि बिमा कम्पनीले क्षतिपूर्ति नदिएपछि समस्या देखिएको छ।’ खच्चडको कानमा बीमा गरिएको संकेत ट्याग लगाइन्छ। साँघुरो बाटोबाट बर्षेनी खच्चडहरु बूढीगण्डकी नदीमा खसेर मर्छन्। प्रायः म्याग्दीबाट खच्चड खरिद गरी गोरखा ल्याउने गरिन्छ भने अर्डरअनुसार भारतीय ब्यापारीले गाउँमै खच्चड ल्याइदिने पनि गरेका छन्।

प्रतिकृया दिनुहोस

वर्षको उत्कृष्ट स्टोरीः डा. बाबुराम

पूर्व गृहमन्त्री र राज्यमन्त्री विरुद्ध

दिल्लीबाट फर्किएका राजदूत टिकटका

जो पहिले मन्त्री भए, अहिले प्रदेशतिर

पर्यटकले खचाखच मनास्लु पदमार्गका

डडेल्धुरामा देउवाले जित्लान्? यस्तो

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला