व्यवसाय र समाजसेवा एकै ठाउँमा अटाउने बिजनेस कन्सेप्ट : वान-टु-वान

व्यवसाय र समाजसेवा एकै ठाउँमा अटाउने बिजनेस कन्सेप्ट : वान-टु-वान

काठमाडौं । सामान्यतया व्यवसाय र समाजसेवा एकै ठाउँमा अटाउने शब्दहरु होइनन्  । तर यस्ता व्यवसाय पनि हुन्छन् जसको व्यवसाय समाज सेवाको आडमा अडेको छ ।

सन् २००६ तिर ब्लेक माईकोस्की नाम गरेका एकजना अमेरिकी नागरिक अर्जेन्टिना घुम्न पुगे ।  घुमाईकै क्रममा उनले एक जना अमेरिकी स्वयंसेवीलाई भेटे । जो अर्जेन्टिनाका गरिव तथा स्कूल जान लागेका वालवालिकाको खुट्टामा जुत्ता दिन पैसा खोजीरहेकी थिईन ।

स्कूल जान लागेका वालवालिकाको खुट्टामा जुत्ता नदेखेपछि ब्लेकको पनि मन भरिएर आयो । उनलाई केही आर्थिक सहयोग गरुँ की जस्तो पनि लाग्यो । तर, तत्कालै उनले सोचे सधै च्यारिटीमा जुत्ता वाँड्न सकिदैन् ।

उनी अमेरिका उडे । साधारण जुत्ता समेत लगाउन नपाउने ति बालबालिकाको अनुहार उनको आँखामा झलझली आउन थाल्यो । उनले तत्काल संकल्प गरे, जुत्ता कारखाना खोल्ने । यसको लागि उनले वन टु वनको (वान-टु-वान) कन्सेप्ट निकाले । जुन आफैमा असाध्यै अपिलिगं विजनेस मोडल हो । यसको अर्थ हो, एक जना ग्राहकले रिटेलमा एउटा जुत्ता किने वापत एउटा जुत्ता अर्जेन्टिनाका वालावालिकालाई पठाउने । यसको लागि उनले करिब ५ लाख डलरमा आफ्नो चलिरहेको डाईभर एडुकेसन नामक कम्पनी समेत वेचे । यो प्राजेक्टको नाम शुज फर टुमरो र जुत्ताको नाम टम्स राखियो ।

यो मोडल अत्यन्त प्रभावकारी बन्यो । सन् २००६ मै उनले १० हजारभन्दा वढि जोर जुत्ता अर्जेन्टिनाका बालबालिकालाई पठाए । सन् २००७ मा कम्पनिले ५० हजार जोर जुत्ता पठायो । सन् २०१२ सम्म त कम्पनीले ४० भन्दा वढि मुलुकमा १० लाखभन्दा धेरै जोर जुत्ता पठाईसकेको थियो । आज अर्जेन्टिना, ईथियोपिया, हैटी लगायत संसारभरका करिब ७० भन्दा वढि मुलुकका बालबालिकाले टम्स शु लगाईरहेका छन् ।

टम्स शु को मूल्य ३ देखि ५ डलर अर्थात ३ सयदेखि ५ सय रुपैयासम्म पर्ने वताईएको छ । तर, बालबालिकालाई दिने जुत्ता भने कम्पनीले ग्राहकलाई वेच्ने जुत्ता भन्दा सस्तो खालको छ ।

सन् २०११ मा कम्पनीले वन फर वन मोडलमै चस्मा पनि वनायो । अहिलेसम्म ब्लेकको कम्पनीले करिब १ लाख ७५ हजार वटा चस्मा निशुल्क वितरण गरिसकेको छ ।

अहिले ब्लेकको कुल सम्पत्ति करिब ३०० मिलियन डलर छ । तर, उनी माथि, अर्जेन्टिना, ईथियोपिया लगायत मुलुकका गरिवको उपहास गरेको आरोप छ । गरिबी वेचर व्यावसाय गरिरहेको कुरा जुत्ता पठाईएका देशवाटै उठ्न थालेको छ । आज यो विजनेस मोडलमा आधारित भएर ब्लेक मात्र होईन धेरै व्यावसाय र व्यवसायीहरु जन्मिएका छन् । हाम्रो कथा अनलाइनबाट

प्रतिकृया दिनुहोस

मन्त्रिपरिषद् हेरफेर हुँदै

मिडिया पहिलो एम्पायर टेड टर्नर

पत्रकारिता गर्न अनिवार्य प्रवेश परीक्षा

व्यवसाय र समाजसेवा एकै ठाउँमा अटाउने

सांसदले मागे दशैं भत्ता

भित्रियो मनसुन

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला