आयोजना अल्झाउने ठेकेदारलाई अयोग्य घोषणा गर्नुपर्छ : प्रम

आयोजना अल्झाउने ठेकेदारलाई अयोग्य घोषणा गर्नुपर्छ : प्रम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकता प्राप्त आयोजनाहरू लामो समयदेखि अल्झाइरहने ठेकेदारलाई ‘अयोग्य’ घोषणा गर्नुपर्ने बताउनुभएको छ । त्यस्ता आयोजनाहरूको प्रगति सन्तोषजनक हुन नसकेको भन्दै उहाँले निश्चित समय दिएर आयोजना पूरा गर्न लगाउनुपर्ने र त्यसपछि सम्बन्धित ठेकेदारलाई अयोग्य घोषणा गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

बुधबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४५औँ बैठकका क्रममा उहाँले आयोजना ढिला हुँदा लागत पनि दुई गुणा बढ्ने र त्यसको प्रतिफलको लाभ पनि पर्याप्त नहुने बताउनुभयो । “राज्यलाई दोहोरो गम्भीर हानि पु¥याउने कम्पनीलाई काम दिन सकिन्न”, उहाँले भन्नुभयो, “आयोजना पूरा गरेपछि त्यस्ता ठेकेदारलाई ‘डिसक्वालिफाई’ गर्नुपर्छ । ”

बैठकका क्रममा प्रधानमन्त्री ओलीले केही आयोजनाको उदाहरण दिँदै प्रक्रियाका नाममा र गलत ‘ब्रिफिङ’ले गर्दा पनि आयोजनाहरू पछि धकेलिएको बताउनुभयो । “केही नुनिलो माटोका कारण सिक्टा सिँचाइ आयोजनाको काम नै अगाडि बढाउन सकिएन भन्ने कुरा सुनेँ”, उहाँले भन्नुभयो, “म आफँैले भ्रमणका क्रममा त्यसै ठाउँमा बाहिरबाट घुलनशील माटो ल्याएर आयोजनालाई गति दिन सकिन्छ पनि भनेको थिएँ तर प्रक्रियाका नाममा त्यसमा ढिला भयो । ”

त्यस्तै मेलम्ची खानेपानी आयोजनाको सन्दर्भमा ठेकेदार भाग्ने समयपछि त्यो पूरा हुने गलत जानकारी आफूलाई दिइएको उहाँले बताउनुभयो । “बारम्बार मौखिक रूपमा कुरा भएपछि मैले सचिवलाई नै डायरीमा आयोजना पूरा हुने मिति लेख्न लगाएँ”, उहाँले भन्नुभयो, “तर ठेकेदार भाग्यो । आयोजना भनेको समयमा पूरा भएन ।” गोरखापत्र दैनिक

प्रतिकृया दिनुहोस

मन्त्रिपरिषद् हेरफेर हुँदै

मिडिया पहिलो एम्पायर टेड टर्नर

पत्रकारिता गर्न अनिवार्य प्रवेश परीक्षा

व्यवसाय र समाजसेवा एकै ठाउँमा अटाउने

सांसदले मागे दशैं भत्ता

भित्रियो मनसुन

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला