वामदेव गौतम गृहजिल्ला प्यूठान पुग्दा...

वामदेव गौतम गृहजिल्ला प्यूठान पुग्दा...

 प्युठान– कुनै समय बामदेव गौतम गृहजिल्ला प्यूठान आउँदा बेग्लै चहलपहल हुन्थ्यो । चुनाव हारजित जे हुँदा पनि उनी राजनीतिमा चर्चामा आइरहे। २०७० को संविधानसभा निर्वाचनमा गौतमले प्युठान र बर्दियाबाट चुनाव जिते। उनले बर्दिया छाडेर प्युठान रोजे। चुनावताका गौतमले जिल्लाबासीसँग भनेका थिए, ‘अब म मेरै जन्मभूमिमा आएँ। मेरो दाहासंस्कार यहींकै श्रीखण्डले गर्नू। अब अरू जिल्लाबाट चुनाव लड्ने छैन।’ जिल्लाबासी खुसी भए।

उनको जन्मघर प्युठान नगरपालिका–२ दाखाक्वाडी हो। गौतम झन्डै २० वर्षअघि बसाइँ सरेर बर्दिया गएका हुन्। अहिले परिवारसँगै उनी काठमाडौंमा बस्छन्। तर ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गौतमले प्युठानीमाझ गरेको बाचा बिर्सिए। उनी बर्दियाबाट उम्मेदवार बने। जिल्लाबासीले प्युठानबाटै चुनाव लड्न गरेको आग्रह बेवास्ता गरे। त्यसबेला उनको नाममात्र पार्टीले उम्मेदवारका लागि सिफारिस गरेको थियो।

चुनाव हारेपछि पार्टीको औपचारिक कार्यक्रममा पहिलोपटक यसै साता उनी प्युठान आए। नेकपा जिल्ला कमिटीका पदाधिकारी शपथ गराउन र प्रशिक्षण दिन गौतम गृहजिल्ला आएका हुन्।

अरू बेलाको भन्दा चुनाव हारेपछि गौतम प्युठान आउँदाको उत्साह कार्यकर्तामा देखिएन। गृहमन्त्री हुँदा उनले दिने अभिव्यक्ति निकै फूर्तिलो र हँसिलो देखिन्थ्यो। चुनावका बेला उनले गरेका धेरै बाचा अधुरै छन्। उनका ३४ बुँदे प्रतिबद्धता नारामै सीमित भए। उनले चुनाव जितेको एक वर्षभित्रै चाल्नेटार विमानस्थल उद्घाटन गर्ने आश्वासन गरेका थिए। तर, अहिलेसम्म त्यसको निर्माण सुरु भएको छैन।  अन्नपूर्ण पोस्टबाट

प्रतिकृया दिनुहोस

मन्त्रिपरिषद् हेरफेर हुँदै

मिडिया पहिलो एम्पायर टेड टर्नर

पत्रकारिता गर्न अनिवार्य प्रवेश परीक्षा

व्यवसाय र समाजसेवा एकै ठाउँमा अटाउने

सांसदले मागे दशैं भत्ता

भित्रियो मनसुन

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला