‘सेलिब्रेटी’ चिया पसल !

‘सेलिब्रेटी’ चिया पसल !

मामा हामीलाई तात्तातो चाउचाउको सुप ! त्यो भन्दा पहिला ४ वटा चिया ल्याइदिनुहोस् न ।‘हुन्छ हजुर बस्दै गर्नुहोस् ।’ ग्राहकलाई हेर्दै नहेरी मामाले जबाफ फर्काउँछन् । या भनम उहाँलाई हेर्ने फुर्सद सम्म छैन !

पुसको महिनास चिसोले आफ्नो अस्तित्वको पुरुषार्थ पस्की रहेको छ । मामाको चिया पसलका कुनै टेबल खाली छैनन् । अर्थात् पसल पुरै भरीएको छ । अगाडी देब्रे पट्टिको टेबलमा चलचित्र निर्माता र केही कलाकारहरू चलचित्र निर्माण सम्बन्धि छलफलमा व्यस्त छन् । छेऊको अर्को टेबलमा नजिकैको एउटा रङ्गमञ्चका केही कलाकारहरू भर्खरै सकेर आएको नाटकमा आ(आफ्नो प्रस्तुतिको समिक्षामा जुटेका छन् । नजिकै एउटा वकिल कानुनी सहायता खोजिरहेको एक व्यक्तिलाई सुझाव दिइरहेका छन् । बाहिर पट्टि राखिएको एउटा टेबलमा केही युवाहरू कुनै व्यवसाय सम्बन्धी स्वादिला गफ छाँटिरहेका छन् । यो सबै दृश्य अनामनगर स्थित मामाको चिया पसलको हो ।

साधारण व्यवसायलाई सरल तरिकाबाट सञ्चालन गरिएको मामाको यो चिया पसललाई साधारण रूपकै सफल व्यवसायको उदाहरण मान्न सकिन्छ । आज भन्दा ७ वर्ष पहिले व्यवसाय सुरु गरेका मामाका सुरुवाती दिनहरू त्यति सहज रहेनन् । साढे ४ लाख लगानीबाट सुरु भएको उनको व्यावसायिक यात्राका सुरुवाती दिनको केही समयमै घर बेटीको किचलोको सामना गर्नु पर्‍यो । सँगै ३ हजार ५ सय व्यापार भएको त्यो दिन पनि उनी बिर्सन सक्दैनन् । जुन दिन उनले मासु किनेर आफै पकाएर साथीभाइलाई खुवाएर खुसी मनाएका थिए । उनमा त्यही दिनको उत्साहले आज सम्म ऊर्जाको काम गरिरहेका छ ।

भोका व्यक्तिलाई खान खुवाउन पाउँदा उनी सबै भन्दा खुसी हुन्छन् ग्राहकलाई उनीहरूकै अगाडी पकाएका खानामा थपिएको उनको मिठो बोली नै उनको सबैभन्दा ठुलो हतियार मान्न सकिन्छ । व्यवसायमा प्रतिस्पर्धा भन्दा इमान्दारितामा विश्वास राख्ने उनी हर(व्यवसायी का निम्ति यही सुझाव दिन्छन् । आफूलाई इमानदारी पूर्वक आफ्नू क्षमता सहित पस्कन सक्ने व्यक्ति नै सफल हुन्छ भन्ने उनको मान्यता रहेको छ । हेर्दा साधारण लाग्ने मामाको चिया पसलमा सामान्य मान्छे देखि लिएर हर प्रकृति व्यक्तिको रूप देख्न सकिन्छ ।

विद्यार्थी, कलाकार, वकिल, पत्रकार या व्यवसायी जो मार्बल बिछ्याइएका सुकिला क्याफेमा जाने हैसियत राख्छन् – उनी हरू सबै मामाको अत्मियताका कै कारण मामाको चिया पसलमा आउने गरेका छन् । मामा आज सबैभन्दा आफ्नो व्यविसायमा परिवारले दिएको साथ प्रति खुसी देखिन्छन् ।

कुनै सिद्धान्तको फगत चेष्टा बाट सफलता अङ्कुर हुन सक्दैन । जसका निम्ति चाहिन्छ स्वविवेक र आत्मबल युक्त प्रयासस एउटा सानु तर सफल मामाको चिया पसलको कथा बाट पनि हामी यो व्यवहारिक पाटोलाई राम्ररी बुझ्न सक्छौ ।

सफलता र असफलता त केवल प्रयासका आधार मात्र हुन । एउटा सानो सफलताका निम्ति कठिन प्रयासको लगानी गरिएको पनि हुनसक्छ र एउटा ठुलो सफलताका निम्ति सामान्य प्रयासको लगानी मात्र पनि हुनसक्छ । यद्यपि यो साँच्चै कुरा हो किस जो व्यक्ति काम गर्न भन्दा पनि प्रतिफललाई लिएर पिरोल्लिन् छ उसका निम्ति सफलता कठिन मात्र हैन, असम्भव सरह हुन जान्छ । जुन कुरा बुझ्न एउटा व्यवसायीको साधारण यो उदाहरण नै काफी छ । हाम्रो कथा अनलाइनबाट

 

प्रतिकृया दिनुहोस

व्यवसाय र समाजसेवा एकै ठाउँमा अटाउने

सांसदले मागे दशैं भत्ता

भित्रियो मनसुन

मेलम्चीको ठेक्का आह्वान, ११ महिनापछि

आयोजना अल्झाउने ठेकेदारलाई अयोग्य

त्रिवि सेवा आयोगको परीक्षाः केर्दै,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला