मेरो दाह्री, मेरो जिम्मेवारी

मेरो दाह्री, मेरो जिम्मेवारी

युवाहरुले गालाभरी दाह्री पाल्ने रहरको युगमा छौं, हामी । आज सायद दाह्रीका लागि इतिहासकै उर्बर समय बनेको छ । विश्वको फेसन बनेको छ, दाह्री, हिजो चिल्लो गालामा सुन्दर देखाउने क्रिम दलेर हिड्न रुचाउनेहरु कुनै सप्रिएको घारी झैं गालाभरी दाह्री पालेर हिड्न थालेका छन् । घरमा आमाले ‘ओए मोरा के गति बनाएर हिँडेको भनेर कराउँदा, दाह्रीवाल छोरो मेरो गालाको दाह्री अरुलाई के को भारी’ भन्दै ठुस्किएर हिड्छ ।

हिजो केटीले हेर्दैनन् भनेर दाह्री फाल्नेहरु थाहा छैन आज कता लुकेका छन् । किनकि आज त चोक, गल्लीका चिया पसलदेखि नामी कफीसप तिर बराल्लिरहेका युवतीहरुको गफले आजको बदिलिएको समाजको प्रष्ट दृश्य प्रस्तुत गर्दछ । जब उनीहरुको गफभित् र सपनाको राजकुमारमा दाह्रीवालको कथा सुन्न पाइन्छ जुन दन्तेकथा भन्दा चाखलाग्दो हुन्छ ।

अहिले दाह्री नकाट्ने महिना (नो सेभ नोभेम्बर) चलिरहेको छ । यो एउटा यस्तो अन्तर्राष्ट्रिय अभियान हो । जसको उद्देश्य भनेको क्यान्सरलाई संसारभरीबाट निर्मुल गर्नु रहेको छ । जसमा यो महिनाभरी केटीहरुले कपाल र केटाहरुले दाह्रीसँगै कपाल नकाटी त्यसबाट जोगिएको रकम क्यान्सर पीडितका लागि सहायोग गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

‘नो सेभ नोभेम्बर’ अभियान कसरी सुरु भयो ?

शिकागो सहरको एक परिवारको कथा हो, यो । कोलोन(अययिल)  क्यान्सरका कारण बाबुको मृत्यु भयो । उनको मृत्युपछि उनका ८ सन्तान, छोरा र छोरीले सन् २००९ मा यो नविन अभियान सुरु गरे । क्यान्सर पीडितको सहयोगका लागि आफ्नो संस्था दर्ता गरे । पछिल्लो ९ वर्षमा अभियान विस्तार हुँदै गयो र अन्य समुदाय, देशका मान्छेहरुले पनि ‘नो सेभ नोभेम्बर’ अभियानमा सहभागी भए ।

महिलाहरुले अभियानमा सहयोग गर्न नोभेम्बर महिनामा कपाल नकाटेर वा अनुहार र शरीरको रौं नफालेर, त्यसमा लाग्ने पैसा कुनै पनि क्यान्सर संस्था वा क्यान्सरको बिरामीलाई सहायता गर्न सक्छन् ।

यो अन्तर्राष्ट्रिय ‘मुबेम्बर’ को अभियान हो । पछिल्लो समय नेपालमा पनि यो अभियानले गति लिन थालेको छ । पछिल्लो समय नेपाली दाह्री ग्याङ्ग अफिसियलले पनि विभिन्न जनचेतनाका साथै विभिन्न सामाजिक अभियानमा काम गर्दै आएको छ ।

थप रोचक तथ्य,

क्यान्सरबारे जनचेतना, क्यान्सर बिरामीलाई योगदान र वैज्ञानिक अनुसन्धानलाई योगदान त छदै छ । एक महिना दाह्री नकाट्दा अभियन्ताकै स्वास्थ्यलाई पनि फाईदा पुग्छ । दाह्रीले प्राकृतिक फिल्टरको पनि काम गर्छ । धुलो, धुवाँ सिधै नाकमा पस्दैन । दाह्रीले हाम्रो नाकसम्म पुग्नबाट रोकिदिन्छ । हाम्रो छालालाई सूर्यको विकिरणहरुबाट पनि बचाउँछ ।

त्यसैले, नोभेम्बरमा मज्जाले दाह्री पाल्दा हुन्छ । हाम्रो कथा अनलाइनबाट

प्रतिकृया दिनुहोस

व्यवसाय र समाजसेवा एकै ठाउँमा अटाउने

सांसदले मागे दशैं भत्ता

भित्रियो मनसुन

मेलम्चीको ठेक्का आह्वान, ११ महिनापछि

आयोजना अल्झाउने ठेकेदारलाई अयोग्य

त्रिवि सेवा आयोगको परीक्षाः केर्दै,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला