इतिहासकै असफल ओली सरकारःदेउवा

 इतिहासकै असफल ओली सरकारःदेउवा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा ‘असफल’ सावित भइसकेको बताएका छन् । ‘दशैंका मुखमा महँगी चुलिएको छ, बजारमा किनमेल गर्न सर्वसाधारणलाई गाह्रो भएको छ, व्यापारी आजित भएका छन्’ उनले भने,‘सरकारले यी मुद्धा सम्बोधन गर्न तयार देखिदैन ।

बडादशैँको अवसर पारेर काठमाडौं क्षेत्र नं ४ ले आयोजना गरेको दशैं,तिहार,छठ र नेपाल सम्बत्का अवसरमा शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनता, उद्योगी, व्यापार सबै ओली नेतृत्वको वर्तमान सरकारसँग आजित भइरहेको दाबी गरे । ‘अति धेरै कर बढाएर सारा उद्योगी, व्यापारी आजित छन्, यति महँगी सरकारले बढाएको छ कि जनताले दशैंँ खर्चसमेत धान्न सक्ने अवस्था छैन ।’

सभापति देउवाले सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद तर्फ अघि बढेको र  प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयासमा जुटिरहेको बताए ।

कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आगामी चुनावमा कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार ढाल्ने गरी पार्टीको काममा लाग्न नेता, कार्यकर्तालाई आग्रह गरे । नेपाली कांग्रेसलाई निर्वाचनमा कुनै पनि राजनीतिक दलले हराउन नसक्ने भए पनि अन्तरघातका कारण हार्नु परेको  दाबी गर्दै सभापति देउवाले आउँदो चुनावमा विजयी हुने गरी पार्टीको कामलाई अघि बढाउन सिंगो पार्टी पंक्तिले प्रतिज्ञा गर्नुपर्ने पनि बताउनुभयो ।

काठमाडौं क्षेत्र नं ४ का सांसद एवम् कांग्रेस युवा नेता गगनकुमार थापाले सरकारले दुई तिहाईको तरबार देखाएर न्यायालय र प्रेसलाई तर्साउने काम गरिरहेको छ । संविधान प्रदत्त हक खोस्ने गरि सरकार दर्जनौं कानुन ल्याउने तयारीमा रहेकाले खवरदारी जरुरी रहेको उनले बताए ।  वर्तमान सरकारले नेपाललाई कम्बोडियामा जस्तो तानाशाही व्यवस्था ल्याउन सरकारले खोजिरहेको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिने पनि उहाँको चेतावनी छ ।

नेकपा अध्यक्ष ‘प्रचण्ड’ले शुक्रबार काठमाण्डौमा कम्युनिष्ट पार्टी मात्रै नेपालमा रहने दिने अभिव्यक्ति दिएकोमा आपत्ति जनाउँदै सिंहको गर्जनका साथ कम्युनिष्ट पार्टी आए काँग्रेसले शिकारीको रुप धारण गरेर परास्त गर्ने चेतावनी थापाले दिए । कार्यक्रममा काठमाडौं क्षेत्र नं ४ क का प्रदेश सासंद नरोत्तम वैद्यले सरकार दुइ तिहाइको दम्भमा भुलेको भन्दै जनताका मुद्धा बिर्सेको आरोप लगाए ।

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला