सामाजिक सञ्जालमा विना मुद्धाका विषयमा अल्झेका युवा र क्रिटिकल नहुने हुर्केको पुस्ता देख्दा चिन्ता लाग्छःप्रधानमन्त्री

सामाजिक सञ्जालमा विना मुद्धाका विषयमा अल्झेका युवा र क्रिटिकल नहुने हुर्केको पुस्ता देख्दा चिन्ता लाग्छःप्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा समय पास गरिरहेका केही युवा र हुर्किएका पुस्ताको आफूलाई चिन्ता लागेको बताएका छन् ।  उनीहरू विना मुद्धाका परिणामहीन हुने वहसमा व्यतीत भइरहेको प्रधानमन्त्रीको टिप्पणी छ । 

संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘मलाई थोरै चिन्ता केही फुर्सदिलो युवा पंक्तिको पनि छ, जसको ऊर्जा रचनात्मक सिर्जनामा भन्दाबढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा व्यतीत भइरहेको छ।’

त्यस्तै सामाजिक सञ्जालमा सरकारमाथि हुने टिकाटिप्पणी तर्फ केन्द्रित गर्दै प्रधानमन्त्री ओलीले हुर्किएको अनुभवी पुस्ता पनि ‘क्रिटिकल’ नभएको बताएका छन् । हुर्किएको पुस्ताको पनि मलाई चिन्ता छ, जो समाजसँग संस्कार र सकारात्मक अनुभव साटासाट गर्न चुकिरहेको छ। ‘क्रिटिकल अप्रोच’को नाममा सार्वजनिक प्लेटफर्मबाटै प्रवाहित उनीहरुका अभिव्यक्ति घृणा, द्वेष, अशिष्टता र परपीडनको भाषा बोल्न सिङ्गो समाजलाई प्रेरित गरिरहेकोहोकी जस्तो भान हुन्छ’प्रधानमन्त्रीले भने ।  

प्रधानमन्त्री ओलीले हाम्रो जनसंख्यामा ३४ वर्ष मुनिको संख्या– ६५.५ प्रतिशत छ । १४ वर्ष मुनिका ३४.८ प्रतिशत किशोर÷किशोरीहरुको संख्यालाई कटाउने हो भनेपनि १५ देखि ३४ वर्ष उमेर समूहका सक्रिययुवासंख्या ३०.५ प्रतिशत छ । ६५ वर्ष माथिका पाकानागरिकको जनसंख्या त जम्माजम्मी ४ प्रतिशत मात्रै छ ।

आफू युवा पंक्ति छिप्पिनु अघि विकासको तीब्र गतिको दौड पूरा गर्नुपर्छ भनेर लागि परेको प्रधानमन्त्रीको भनाइ छ । मलाई गर्व ती युवा पंक्तिप्रति छ, जसले विभिन्न इनोभेटिभ प्रयासहरु थालेका छन् । कतिले वस्तु उत्पादनबाट, कतिले सेवा सिर्जना गरेर समाजलाई गुन लगाइरहेका छन् ।    

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला