नयाँ संघीय संसदभवनको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

   नयाँ संघीय संसदभवनको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको पुतली बगैँचामा नयाँ संघीय संसदभवनको शिलान्यास गरेका छन् ।

अत्याधुनिक उक्त भवनको अनुमानित लागत पाँच अर्ब ३० करोड रुपैयाँ रहेको जनाइएको छ ।  १ सय ७३ रोपनी क्षेत्रमा फैलने उक्त भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछन्।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीसहित सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई लगायत स‌ंघीय संसद्का सदस्यहरु उपस्थित थिए । बानेश्वरमा रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद भवनको रुपमा भाडामा प्रयोग गरिँदै आएको छ । सिंहदरबारमा रहेको पुरानो प्रनिनिधिसभा भवन प्रयोग योग्य नभएपछि नयाँ भवन बनाउन लागिएको हो ।

शहरी विकास मन्त्रालयका अनुसार, शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुनेछ । मन्त्रालयका अनुसार उक्त भवन निर्माणको लागत  ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ अनुमान गरिएको छ । तर निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले ५ अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण कबुलेको छ । निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिनेछ । नयाँ बन्ने भवनमा दलको कार्यालय, संसद सचिवालय, राष्ट्रियसभा तथा प्रनिनिधिसभा नजिकै राखिने डिजाइनमा उल्लेख छ ।  

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला