कांग्रेसको दोस्रो चरणको जागरण अभियान प्रारम्भ

कांग्रेसको दोस्रो चरणको जागरण अभियान प्रारम्भ

काठमाडौं, भदौ २४ : नेपाली कांग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण आजदेखि मुलुकभर एकसाथ प्रारम्भ भएको छ। जननायक बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको दिवस पारेर जागरण अभियान आजदेखि प्रारम्भ भई आगामी असोज ७ गते समापन हुनेछ।

जागरण अभियानको दोस्रो चरणमा तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिने पार्टी कार्यालयले जनाएको छ। जसअनुसार आज बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको प्रतीकस्वरूप १०६ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षरोपण गरेर अभियानको देशव्यापीरूपमा उद्घाटन गरिएको छ।

अभियानको उद्घाटनमा सम्बोधन गर्न कांग्रेसका केन्द्रीय पदाधिकारीसमेत विभिन्न जिल्लामा खटिएका छन्। पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सुनसरीमा सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, मकवानपुरमा महामन्त्री डा. शशाङ्क कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का तथा काठमाडौँंमा कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा.प्रकाशशरण महतले सम्बोधन गर्नेछन्।

अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। अभियानका लागि कांग्रेसले प्रत्येक प्रदेशसभा क्षेत्रमा एक÷एकका दरले तीन सय ३० केन्द्रीय प्रतिनिधि खटाइएको छ। प्रवक्ता शर्माले भने, ‘अभियानका औपचारिक कार्यक्रम छरितो हुने र वक्ता सीमित सङ्ख्या तथा बढी अन्तक्रियात्मक हुनेछन्। अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिले बोल्ने कम, सुन्ने बढी प्रकृतिका कार्यक्रम निर्धारण गरिएको छ।’

अभियानका क्रममा नागरिक पङ्क्तिमा स्थानीय तहमा वडास्तरीय सामाजिक संवाद कार्यक्रम, सामाजिक विसङ्गतिविरूद्ध जागरण, युवा केन्द्रित विशेष संवादको कार्यक्रम आयोजना गरिनेछन्। अभियानका कार्यक्रममध्ये वडास्तरीय अन्तक्र्रियामा पार्टी सुदृढीकरण र प्रभाव विस्तारका सन्दर्भमा गाउँ–गाउँमा रहेका नेता कार्यकर्ताको भावना बुझ्न महत्वपूर्ण हुने जनाएको छ।

वडाको विकास निर्माणमा पार्टीको भूमिका, गाउँ–नगरपालिकाको कार्य समीक्षा तथा समग्रमा कांग्रेस सुदृढीकरणका लागि आवश्यक कार्यबारे वडास्तरीय विशेष छलफल हुने प्रवक्ता शर्माले बताए। जागरण अभियानका क्रममा पार्टीका केन्द्रीय प्रतिनिधि र अन्य नेताकार्यकर्ता आजको स्थिति बुझ्न पार्टीका अग्रज, तथा शहीद परिवारप्रति श्रद्धा प्रकट गर्न उनीहरूको घरमा पुग्ने कार्यक्रम तय गरिएको छ।

यसैगरी स्थानीय सरकारको दुई वर्षे समीक्षा पनि गरिनेछ। साथै कांग्रेसको नेतृत्व रहेका तहमा जनभावनाअनुरूप अझ प्रभावकारी भूमिका कसरी निर्वाह गर्ने र निर्वाचित प्रतिनिधिबीच पर्याप्त समन्वय र एकता कसरी बढाउने सम्बन्धमा पनि अन्तक्रिया हुने जनाएको छ।

जागरण अभियानका क्रममा पार्टीका सबै जिल्ला कार्यसमितिले अभिलेख सङ्कलनलाई गति दिने, सबै प्रदेश क्षेत्रमा युवा केन्द्रित विशेष संवादको सहजीकरण गर्ने, प्रदेशसभा क्षेत्रका जागरण कार्यक्रमको आवश्यक समन्वय गर्ने, असोज ७ गते अन्तिम दिन जिल्लास्तरीय जनप्रदर्शनको गरिनेछ।

जागरण अभियानको अवधिमा पर्ने संविधान दिवस असोज ३ गते विभिन्न कार्यक्रम गर्ने, जागरणको अन्तिम दिन असोज ७ गते बढ्दो महङ्गी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक भनिएका विधेयक र कुशासनका विरुद्ध जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गरिने उनले बर्ताए।

यसअघि कांग्रेसले ७७ वटै जिल्लामा गत वैशाख २५ देखि जेठ २५ गतेसम्म अभियानको प्रथम चरण सम्पन्न गरेको थियो भने अभियानको तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भएर पुस १६ गते मेलमिलाप दिवसमा समापन हुने पार्टी कार्यालयले जनाएको छ। (रासस)

प्रतिकृया दिनुहोस

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

सामाजिक सञ्जालमा विना मुद्धाका विषयमा

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला