दिगो विकासको लक्ष्य पूरा गर्न नीजि क्षेत्रको भूमिका महत्वपूर्ण : कार्यवाहक प्रधानमन्त्री

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि क्षेत्रको भूमिका महत्वपूर्ण : कार्यवाहक प्रधानमन्त्री

काठमाडौं, १९ भदौ – कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकले लिएको दिगो विकासको लक्ष्य पूरा गर्न नीजि क्षेत्रको भूमिका महत्वपूर्ण  हुने बताउनुभएको छ । 

नेसनल विजनेश इनिसियटिभ (एनबीआई) ले विहिवार काठमाडौंमा आयोजना गरेको तेस्रो रेस्पोन्सिवल जिनेस समिटको उद्घाटन गर्दै उहाँले मुलुकले लिएको दिगो विकासको लक्ष्य पूरा गर्न जिम्मेबार नीजि क्षेत्रको उदार र विवेकपूर्ण सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँले सन् २०२२ सम्म नेपाललाई विकासशील राष्ट्रमा पु¥याउने र सन् २०३० सम्ममा मुलुकलाई मध्यम आयका मुलुकको स्तरमा पुर्याउने लक्ष्यसँग जोडिन सबैलाई आग्रह गर्नुभयो । 

उहाँले मुलुकको आर्थिक सामाजिक विकासका लागि सरकारले लगानीमैत्री वातावरण बनाउने प्रतिवद्धता व्यक्त गनुउभयो ।  उहाँले दिगो विकास लक्ष्य केन्द्रित राष्ट्रिय महत्व र अन्तराष्ट्रिय चासोका विषय सम्मेलनमा छलफल गराउनु अत्यन्त राम्रो पक्ष भएको बताउनुभयो ।

सम्मेलनमा नेसनल विजनेश इनिसियटिभका अध्यक्ष पद्म ज्योतिले दिगो विकासको लक्ष्यमा सहयोग पुर्याउन जिम्मेबार नीजि क्षेत्रको भूमिका निर्वाह गर्दै विभिन्न व्यक्तिका ज्ञान सीप र अनुभव आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।

सम्मेलनको उद्घाटन सत्रमा अथिति वक्ताहरु युनको आवसीय संयोजक भ्यालेरी जुलियान्ड, काठमाडौं विश्वविद्यालयका उपमुलकपति प्रा.डा रामकुमार मकाजु श्रेष्ठ, संस्कृतिविद् सत्यमोहन जोशीले दिगो विकास लक्ष्यका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । २ दिनसम्म हुने सम्मेलनमा ६४ जना बक्ताहरुले विभिन्न विषयमा आफ्नो ज्ञान र अनुभवहरु आदान प्रदान गर्नुहुनेछ ।  

प्रतिकृया दिनुहोस

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

सामाजिक सञ्जालमा विना मुद्धाका विषयमा

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला