महिला अधिकारका लागि मंगलादेवीको योगदान अतुलनीयःनेता सिंह

 महिला अधिकारका लागि मंगलादेवीको योगदान अतुलनीयःनेता सिंह

काठमाडौँ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व. मङ्गलादेवी सिंहको २३ औँ स्मृति दिवस मनाइएको छ । नेपाल महिला सङ्घ काठमाडौँ जिल्लाको आयोजनामा मंगलबार बिहान स्व सिंहको सालिक रहेको ठाउँ शोभाभगवतीमा एक कार्यक्रमको आयोजना गरी माल्यापर्ण गरिएको हो ।

कार्यक्रममा काङ्ग्रेस नेता प्रकाशमान सिंहले नेपाली महिलाको हकअधिकारका लागि आवाज उठाउने महिला मङ्गलादेवी भएको बताउनुभयो । ‘नेपालमा एकतन्त्रीय राणाशासन फाल्ने कुरामा होस् या प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा होस् मङ्गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको छ’, उहाँले भन्नुभयो, ‘विसं २०७२ मा जारी भएको संविधानले महिलालाई जुन किसिमको अधिकार दिएको छ, त्यो महिलाको आन्दोलनका कारण भएको हो ।’ कार्यक्रममा काङ्ग्रेस काठमाडौँका सभापति सबुज (कृष्ण) बानियाँले महिलाको हकअधिकारका लागि मात्र नभएर गणेशमान सिंहलाई सर्वोच्च नेता बनाउन मङ्गलादेवी सिंहको ठूलो योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभाग खड्गी, प्रदेश सभा सदस्य जीवन डङ्गोल, नेपाल महिला सङ्घ काठमाडौँकी अध्यक्ष विष्णुदेवी पुडासैनीलगायतको सहभागिता रहेको थियो । महिलाको हकअधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते स्व मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घको स्थापना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

सामाजिक सञ्जालमा विना मुद्धाका विषयमा

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला