नेकपामा चार जना केन्द्रीय सदस्य थपिए

   नेकपामा चार जना केन्द्रीय सदस्य थपिए

काठमाडौं । पहिलो पटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।  

पराजुली र धमला तत्कालीन नयाँ शक्ति पार्टीबाट र राई विप्लव समूहबाट केहीमहिना अघि नेकपा प्रवेश गरेका हुन् । नयाँ चार जना थपिएपछि नेकपा केन्द्रीय समिति ४ सय ४५ सदस्यीय भएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली स्वास्थ्य उपचारका क्रमममा सिंगापुरमा रहेकाले वैठकको अध्यक्षता प्रचण्डले गरेका हुन् ।

बैठकमा कार्यकर्तासम्मलाई पार्टी र नेताको बिषयमा सार्वजनिक आलोचनामा प्रतिवन्ध लगाएको छ । ‘हाम्रो पार्टीको नेतादेखि तल्लो तहका कार्यकर्तासम्मका कमरेडहरुको पार्टीका नेता वा कार्यकर्ताको बारेमा कुनै कुरा ब्यक्तिगत रुपमा उठाउनु परेमा पार्टीभित्र प्रक्रियासम्मत ढंगले उठाउनु पर्नेछ । यसलाई सार्वजनिक रुपमा गएमा स्पष्टिकरण प्रक्रिया अगाडि बढाउँदै कार्वाही गर्ने निर्णय बैठकले गरेको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले वरिष्ठ नेता झलनाथ खनाल प्रमुख रहनुभएको नीति अध्ययन प्रतिष्ठानको उपप्रमुखमा प्रमेश हमाललाई तोकेको छ । यस्तै विदेश विभागको उपप्रमुखमा बिष्णु रिजाललाई थप गरेको छ । बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

प्रतिकृया दिनुहोस

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

सामाजिक सञ्जालमा विना मुद्धाका विषयमा

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला