काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत होःडा.सुन्दरमणि

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत होःडा.सुन्दरमणि

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले भारतले कश्मिरमा चालेको कदमबारे कुरै नगर्ने अभिव्यक्ति गतल भएको बताएका छन् ।

मंगलबार रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा दीक्षितले भारतले कश्मिरमा चालेको कदमबारे नेपालले कुरै नगर्ने भनेर परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अभिव्यक्ति दिएको भन्दै त्यसमा आपत्ति जनाए । उनले भने,‘भारत नेपालको गाढा मित्र हो । हामी ओपन हुनुपर्छ । यस्तो मामिलामा कुरै गर्दैनौं भन्नु गलत हो ।’

पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिटलरको संज्ञा दिँदा त्यो गलत हो भनेर नेपालले भन्न सक्नुपर्ने थियो भन्ने उनको भनाई थियो । दुवै देश सार्कको सदस्य राष्ट्र भएकोले यो क्षेत्रमा शान्ति कायम गर्नु नेपालको पनि दायित्व रहेको दीक्षितले भनाइ छ । ‘तर, यस्तो विषयमा हामी बोल्दैनौं भनेर हाम्रो मन्त्रीले भन्नुभयो, हाम्रो मन्त्रीको जिब्रो पनि विचित्रको छ’–उनले गुनासो पोखे ।

दीक्षितले भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउन लागेकोले उनको भ्रमणको बेला नेपालले भीख माग्न नहुने सुझाव दिएका छन् । उनले भने ‘आजसम्म भारतसँग भएका सम्झौता के कति कार्यान्वयन भएनन् ? यी विषयमा गम्भीर समीक्षा हुनुपर्छ ।’ भ्रमणलाई सार्थक बनाउन दुवैपक्ष तात्नुपर्नेमा दीक्षितको जोड छ ।

 कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्धिपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पारेका छन् । भारतसँग नेपालको ऐतिहाँसिक सम्बन्ध रहेको सुनाउँदै उनले आगामी दिनमा अझै सिर्जनात्मक र सकारात्मक दिशातर्फ डोर्याउनेगरि छलफल केन्द्रित हुने बताए । उनले भने,‘भारतसँग हाम्रो दुई तिहाईको व्यापार हुन्छ, शिक्षा, पर्यटन, धार्मिकलगायत सबै क्षेत्रमा सुमधुर सम्बन्ध छ ।

भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) महत्वपूर्ण प्रयास र पहलकदमी भएकोले प्रतिवेदनमा आफूहरुले दुई देशबीचका महत्वपूर्ण विषयहरु समावेश गरेकोले दुवै देशका प्रधानमन्त्रीले प्रतिवेदन बुझेर कार्यान्वयनमा जानुपर्नेमा जोड दिए । ‘हामीले २ वर्ष लगाएर राम्रो प्रतिवेदन तयार पारेका छौं’ उनले भने,‘भारतबाट यो प्रतिवेदन बुझ्ने काम हुनेछ भन्ने हाम्रो विश्वास छ ।’ उनकाअनुसार प्राविधिक कारणले गर्दा भारतीय पक्षले प्रतिवेदन बुझ्नमा ढिलाई गरेको हुनसक्छ । तर, प्रतिवेदन नै बुझ्दैनौं भनेर भारतीय पक्षले अहिलेसम्म नभनेको उनको दाबी छ ।

कार्यक्रममा भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेको भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबाट नेपालले फाईदा लिन सक्नुपर्ने बताए ।

 

 

प्रतिकृया दिनुहोस

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

सामाजिक सञ्जालमा विना मुद्धाका विषयमा

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला