अर्को निर्वाचनसम्म प्रधानमन्त्री मै हुँः ओली, सरकारको नेतृत्व फेरिन्छःप्रचण्ड

अर्को निर्वाचनसम्म प्रधानमन्त्री  मै हुँः ओली, सरकारको नेतृत्व फेरिन्छःप्रचण्ड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को संसदीय निर्वाचनसम्म प्रधानमन्त्रीमा रहने अभिव्यक्ति दिएको भोलिपल्ट नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।  

प्रचण्डले आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने बताएका छन् । सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले केपी ओलीसँग भएको आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने बताएका हुन् ।

आइतबार प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको हल्लाको पछि नलाग्न आग्रह गरे। ‘प्रधानमन्त्री लगलग कामेका छन्, जाने भए भनेको सुनें,’ ओलीले भने, ‘पद नगएको राजा, महाराजा, प्रधानमन्त्री दुनियाँमा कोही छैन, मलाई आगामी निर्वाचनपछि बस्न मन छैन।’

यी भनाइले प्रधानमन्त्री ओली र प्रचण्डबीच समझदारीको दूरी बढेको संकेत गर्छ । पार्टी एकीकरणमा ढिलासुस्ती र सरकारको कार्यशैलीप्रति प्रचण्डले समय–समयमा टिप्पणी गर्दै आएका छन् । उनले प्रधानमन्त्री ओलीसँग आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सम्झौता रहेको बताए पनि त्यसलाई प्रधानमन्त्री ओलीले गम्भीरतापूर्वक लिएको देखिदैन् । लामो समयदेखि ३३ ओटा विभागको टुंगो लगाउन नसकेको आरोपनि प्रचण्डले प्रधानमन्त्री ओलीलाई नै थुपार्दै आएका थिए ।

शुक्रबार विभागको नेतृत्व तोकियो त्यसमा पनि प्रधानमन्त्री ओलीले चलाखी गरेको आरोप प्रचण्ड खेमाको छ । यसपूर्व माधव नेपाल र प्रचण्ड निकट देखिएका प्रभावशाली नेता वामदेव गौतमलाई उपाध्यक्षसहित संगठन विभाग प्रमुखको नेतृत्वमा ल्याएपछि प्रचण्ड सरकारविरुद्ध अभिव्यक्ति दिएर अभिमत तयार गर्ने मनस्थितिमा देखिए ।   भन्नलाई प्रचण्ड एमाले–माओवादी एकतापछि पार्टीलाई सुदृढ बनाएर अघि बढ्नुको विकल्प नरहेको बताउछन् । सुखी नेपाली, समृद्ध नेपाल निर्माण अभियानमा सरकार अघि बढिरहेको जिकिर पनि गर्छन् । तर,भित्र–भित्र ओली सरकारप्रति प्रहार पनि गर्छन् ।

विवादित बनेको स्कूल विभागमा उपप्रधानमन्त्री इश्वर पोखरेल र विधानको व्यवस्था विपरित बामदेवलाई थप अधिकार दिएर आफू प्रभावशाली बन्न खोजेको आरोप प्रधानमन्त्री ओलीललाई अध्यक्ष प्रचण्ड खेमाले लगाउँदै आएका छन् । पार्टीभित्र असन्तुष्टि बढेपछि प्रचण्ड र उनको टिमको नेतहरू सार्वजनिक रुपमै सरकारको आलोचना गर्न थालेका छन् । असष्तुष्टिका स्वरुहरू मथ्थर भन्दा समथर बन्दै गएका छन् ।

 

प्रतिकृया दिनुहोस

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

सामाजिक सञ्जालमा विना मुद्धाका विषयमा

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला