ज्यूँदै फालेको राजसंस्था उल्टाउने सपना नदेख्न प्रधानमन्त्रीको चेतावनी

    ज्यूँदै फालेको राजसंस्था उल्टाउने सपना नदेख्न प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था उल्टाउने सपना कसैले नदेख्न चेतावनी दिएका छन् । उनले मृत्य राजसंस्था वकालत गर्नेहरूको सपना पूरा नहुने भन्दै ज्यूँदै फालेको राजसंस्था उल्टाउने सपना नदेख्न चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले सरकारको उदारता र सयंमतालाई हेरेर केही तत्वहरु हौसिएको टिप्पणी गरे ।  सरकारको आलोचनाको नाममा प्रणाली उल्टाउँछु भन्ने, प्रतिगमन गर्छु भन्ने , संविधान अस्वीकार गर्छु भन्ने कुराहरु अहिलेको सरकारलाई मान्य हुन सक्दैन।

म खुलस्त भन्न चाहन्छु संविधान लोकतन्त्र , गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु सरकारको उदारताबाट त्यस्ता क्रियाकलाप संचालन गर्ने तत्वहरु नहौसिय हुन्छ।’ प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा सरकार भाग्छ भन्ने दिवा सपना नदेख्न पनि उनले सबैलाई सचेत गराए । उनले भने ‘मैले एक जनाले भनेको सुने ।

प्रधानमन्त्री लगलग लगलग कामेका छन्। अब जाने भो भनेर। पद नगएको मैले दुनियाँमा कोही देखेको छैन्। सबैको पद कुनै न कुनै दिन जान्छ। आगामी निर्वाचन पछि मलाई पनि बस्न मन छैन । त्यसकारण निर्वाचन सम्म धैर्य गर्न म साथीहरुलाई आग्रह गर्न चाहन्छु।’ ओलीले तत्काल सरकार परिवर्तन हुने कुनै संभावना नरहेको बताए ।

उनले भने, सरकार आफ्नो गतिमा हिडिरहेको छ। केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा जनताले निर्वाचित गरेर सुम्पेको जिम्मेवारीबाट अहिलेको सरकार भाग्छ भन्ने कुरा, अहिलेको सरकार लगलग कामिरहेको कुरा, यस्तो दिवा सपना नदेखे हुन्थ्यो । प्रधानमन्त्री ओलीले एक साताभित्र सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगका पदाधिकारी नियुक्त गर्ने प्रतिवद्धता पनि जनाए ।

प्रतिकृया दिनुहोस

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

सामाजिक सञ्जालमा विना मुद्धाका विषयमा

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला