नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा पोखरेल

     नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले  ३३ ओटै विभाग नेतृत्व जिम्मेवारीको टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले विभाग नेतृत्व छिनोफानो गरेको हो । लामो समयदेखि अड्किएको स्कूल विभागको जिम्मेवारी उपप्रधान एवम् एवं सचिवालय सदस्य इश्वर पोखरेलले पाएका छन् ।

यसअघि पटक–पटक बस्ने बैठकमा स्कूल विभागको नेतृत्वमा सहमति नजुट्दा बैठक स्थिगित हुँदै आएको थियो । स्कुल विभागमा पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट ईश्वर पोखरेलले दाबी गर्दै आएका थिए । बैठकले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई विदेश विभाग प्रमुख बनाएको छ ।

पूर्व प्रधानमन्त्री नेपाल यसअघि एमालेको विदेश विभाग प्रमुख हुनुहुनथ्यो । पूर्व प्रधानमन्त्री झलनाथ खनालले नीति तथा प्रतिष्ठानको नेतृत्व पाउनु भएको छ । सचिवालय सदस्य वामदेव गौतम संगठन विभाग प्रमुख बन्नु भएको छ । प्रचार विभागमा नारायणकाजी श्रेष्ठ र आर्थिक विभाग प्रमुख स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पाउनुभएको छ ।

 

प्रतिकृया दिनुहोस

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

सामाजिक सञ्जालमा विना मुद्धाका विषयमा

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला