नेकपाले नैतिकताको खिल्ली उडायो,तत्काल सरकारी जग्गाबाट पार्टी कार्यालय हटाऊःकांग्रेस

नेकपाले नैतिकताको खिल्ली उडायो,तत्काल सरकारी जग्गाबाट पार्टी कार्यालय हटाऊःकांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्ताको बलमा नेकपाले सरकारी जग्गामा निर्मित भवनमा पार्टी कार्यालय राखेको प्रति आपत्ति जनाएको छ । पार्टीले नैतिकता विपरित सरकारी जग्गामा पार्टी कार्यालय राखेकाले सो हटाउन माग गरेको छ ।

 बिहीबार  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञिप्ति जारी गर्दै आफैं सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीति नियमको पालना नगर्ने र अरुलाई उपदेश दिएर नेकपाले नैतिकताको खिल्ली उडाएको उल्लेख गरेका छन् ।

हामी आशा गर्छौ यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने छ’, विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले ‘निजामति सेवाको गठन, संचालन र संवादका शर्त’ सम्बन्धी विधेयक पनि संविधानले प्रत्याभूत गरेको अधिकार विपरित रहेको भन्दै सच्याउन माग गरेको छ।

गोंगबु बसपार्कको प्रकरणप्रति कांग्रेसले ध्यानाकर्षण जनाएको छ। ‘जाइकासँगको सहमति भन्दा बाहिर गएर अनेक संरचना निर्माण गरिएको, १६० रोपनि जग्गा गलत नियतका साथ दुरुपयोग गरिएको र त्यसको कागजी वैधानिकताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालिन नेतृत्वले आयोगलाई अनाधिकृत ढंगले प्रयोग गराएको विषय गम्भीर छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ’ ।

 

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला