नेवि संघ भन्छः निर्मलाले न्याय कहिले पाउँछिन् सरकार ?

       नेवि संघ भन्छः निर्मलाले न्याय कहिले पाउँछिन् सरकार ?

काठमाडौं । नेपाल विद्यार्थी संघले निर्मलालाई न्याय भन्दै राजधानीको माइतीघर मण्डेलामा प्रर्दशन गरेको छ ।

कञ्चनपुरकी निर्मला पन्तको गत बर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो । एक बर्ष सम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेवि संघले शुक्रबार नेवि संघले प्रर्दशन गरेको हो । निर्मलाले न्याय कहिले पाउँछिन् सरकार?’ लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा विरुद्ध नाराबाजी गरे ।

निर्मला हत्याको एक बर्ष भईसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुँदै आएको छ । नेविसंघको आयोजनामा भएको विरोध कार्यक्रममा विद्यार्थी, अधिकारकर्मीसंगै सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नेवि संघका निवर्तमान उपाध्यक्ष निलकण्ठ रिजालको नेतृत्वमा भएको कार्यक्रममा निवर्तमान उपाध्यक्ष सागर परियारले अपराध र विध्वंशको मानसिकताबाट अहिलेका गृहमन्त्री रामबहादुर थापा बादल निस्कन नसकेको भन्दै पछिल्लो गृहमन्त्रीको भनाइप्रति खेद प्रकट गरे ।

 

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला