तत्काल पाँच सय कर्मचारी नदिएकाम गर्न सकिँदैन्ःमुख्यमन्त्री शाही

  तत्काल पाँच सय कर्मचारी नदिएकाम गर्न सकिँदैन्ःमुख्यमन्त्री शाही

काठमाडौं ७, साउन । कर्णालीप्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले केन्द्र सरकारले तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन् ।

कर्मचारी अभावले काम गर्न नसकिएको भन्दै विना कुनै ढिलासुस्ती केन्द्रले कर्मचारी दिनुपर्ने बताए । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा मुख्य मन्त्री शाहीले प्रदेशमा कर्मचारी अभाव हुँदा विकास निर्माणका काम अगाडि बढ्न नसकिरहेको बताए ।

कर्णाली प्रदेशलाई तीन हजार देखि ३५ सय कर्मचारी आवश्यक रहेकोमा त्यसको पूर्तिका लागि ढिला सुस्ती भइरहेको बताए । लोकसेवा आयोगमा कर्मचारी दरबन्दीका लागि लेखि पठाएपनि समय लाग्ने देखिएको बताए ।

कर्मचारी करारमा नियुक्ति गर्ने कानुनी व्यवधान रहेको र लोकसेवाले पनि ढिलासुस्तीगरिदिँदा समस्यामा परेको बताए । कर्मचारी समायोजनपछि अधिकांशकर्मचारीले कर्णाली रोज्न नमानेको भन्दै कर्मचारी अभाव भोगिरहेको बताए ।

कर्णालीमा जर्बजस्ती पठाइएको महशुस गर्ने गरेको भन्दै त्यसको मार प्रदेशले भोगेको बताए । कर्णालीप्रदेशलाई केन्द्र सरकारले ९ अर्ब विकास बजेट मात्र विनियोजन गरेको भन्दै असन्तुष्टि जनाए । उनले भने,‘कर्णालीप्रदेश जस्तो विकट क्षेत्रमा यति बजेटले पुग्दैन ।’

कर्णालीको संरचना हेरेर पनि विकासका लागि बजेट थप्नुपर्ने बताए । केन्द्र सरकारले समन्वयकारी भूमिका निभाउन सके तीनै तहको सरकारले सोचे अनुरुपको लक्ष्य हासिलगर्न सक्ने बताए । केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वयनहुँदा बजेट कार्यान्वयनमा समस्या आएको उनले खुलाए ।

 

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला