लोकतान्त्रिक मान्यता बिर्सदै सरकारःदेउवा

           लोकतान्त्रिक मान्यता बिर्सदै सरकारःदेउवा

अभिषेक सापकोटा/काठमाडौं, नेपाल कांग्रेसका सभापति शेरवहादुर देउवाले सरकार लोकतान्त्रिक मूल्यमान्यता विपरित चलेको बताएका छन् । उनले मिडिया विधेयक, मानवअधिकार विरुद्धको विद्येयक ल्याएर सरकारले लोकतान्त्रिक मान्यताविपरित काम गरेको आरोप लगाए ।

 ३८ औं विपी स्मृति दिवसका अवसरमा विपी संग्राहलयले आयोजना गरेको कार्यक्रममा बोल्दै वीपीका विचार अहिलेपनि उत्तिकै सान्दर्भिक रहेको बताए । बीपीको विकासको सोचका आधारमा देशलाई अघि बढाउन सकिए छोटो समयमा समृद्धि हाँसिल गर्न सकिने बताउँदै सभापति देउवाले भने, ‘बीपीको विचार अहिले पनि सान्दर्भिक छ, लेखक, कथाकार, समाजवादी चिन्तकका रुपमा स्थापित उहाँको व्यक्तित्व साच्चिकै असाधारण छ ।

कार्यक्रममा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विपीको भावनाको कदर गर्नुपर्ने भन्दै पार्टीले उनको विचारधारा अनुसरण गर्नुपर्नेमा जोड दिए । कार्कीले संग्राहलयले लोकतान्त्रिक आन्दोलनका योद्धाको खोजी गर्न थालेका प्रयास प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा बोल्दै युवा नेता एवम् कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतले वीपीको विचारबाटै नेपालको रुपान्तरण सम्भव हुने बताए । उहाँको आर्थिक,सामाजिक योगदान अतुलनीय रहेको बताए । उहाँ त्यस्ता व्यक्ति हुन उनले सबैलाई सम्मान व्यवहार गर्ने संस्कार सिकाएका छन् ।

लोकप्रियताको नाममा विपी कहिले पनि भीँडका पछि उहाँ दौडिनु भएन महतले भने । कार्यक्रममा पूर्व मन्त्री अम्बिका बस्नेतले विपीको विचारमा पार्टी एकाकार बन्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा गोकणेश्वर नगरपालिकका मेयर सन्तोष चालिसेले विपीका विचार वर्तमान राजनीतिमा पनि सबैभन्दा उच्च रहेकाले पार्टीले त्यसलाई अनुसरण गरे कांग्रेस चुनावमा कहिलेपनि नहार्ने दाबी गरे ।

संग्राहलयका अध्यक्ष परशुराम पोखरेलले विपीको विचार संसारमै उत्कृष्ट रहेको भन्दै लोकतन्त्रका लागि वीपी वाद आजको आवश्यकता रहेको औंल्याए ।

प्रजातान्त्रिक सेनानी सम्मानित

विपी स्मृति दिवसका अवसरमा कांग्रेस सभापति शेरवहादुर देउवाले प्रजातान्त्रिक सेनानीहरूलाई नगद रु. १ लाखसहित सम्मान पत्र प्रदान गरेका छन् ।   सम्मानित हुनेमा तेह्रथुमका ९४ वर्षिय तेजमान तुम्बाहाम्फे,सुनसरीका ७६ वर्षिय रवीन्द्र राई र सुनसरीकै ८८ वर्षिय मिसरु मिँया रहेका छन् ।      

 

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला