बालुवाटार असुरक्षित भए प्रधानमन्त्री ओलीले भद्रकाली सैनिक मुख्यालयमा बसे हुन्छः सिपी गजुरेल

  बालुवाटार असुरक्षित भए प्रधानमन्त्री ओलीले भद्रकाली सैनिक मुख्यालयमा बसे हुन्छः सिपी गजुरेल

काठमाडौं, ३ साउन । नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आईसकेको बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै गजुरेलले यस्तो बताएका हुन् ।

सरकार र विप्लववीचको वार्तालाई लिएर नेपाली जनता अहिले असाध्यै द्धिविधमा रहेको पनि टिप्पणी गरे । उनले भने,‘पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ता चलिरहेको हल्ला छ । दुवै पक्षबाट वार्तालाई लिएर वक्तव्यहरु आएका छन् । तर, जनता भने पुरै कन्फ्युजनमा छन् । साँच्चै वार्ता होला त भनेर ?’ उनले भीडन्तहरु हुँदै गए देश आन्तरिक गृहयुद्धमा रुपान्तरण हुने खतरापनि औंल्याए । उनले भने,‘अहिलेको परिस्थिति ल्याउनको लागि ओलीजीको सरकार जिम्मेवार छ ।’

उनले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनु नै गलत भएको पनि टिप्पणी गरे । गजुरेलले भने,‘प्रतिबन्ध लगाउनु नै हुँदैनथियो । संविधानमा पनि यो कुरा निषेध गरिएको छ ।’ एनसेलको मुख्यालयमा भएको प्रेसर कुकर बमकाण्डलाई लिएर सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएको उनले सुनाए । उनले भने,‘घट्ना हुनु दुःखद् हो । त्यस घट्नामा संलग्न दोषीलाई बरु अदालती कारबाही गरेको भए हुन्थ्यो ।’

उनले सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई असुरक्षा भएको भए थप सुरक्षाकर्मी राखे हुन्छ । उनले भने,‘बालुवाटारको हेडक्वार्टरमा असुरक्षित भए ओलीजी भद्रकालीमा रहेको मिलिटरी हेडक्वार्टरमा गएर बसे भैगयो नि । तर, पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नुहुँदैन् । यो गलत छ ।’

गजुरेलले सरकारले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण कार्यक्रम गर्नसमेत बन्देज लगाएकोमा आक्रोश पोखे । उनले भने,‘सरकारले शान्तिपूर्ण कार्यक्रम पनि गर्न दिएन । विप्लवजीहरुसँग कि त राजनीति छोड्नुपर्ने विकल्प हुन्छ कि त भूमिगत हुनुपर्ने । होईन भने बादलहरुजस्तै आत्मसमर्पण गर्नुपर्नेथियो । तर, राजनीति गर्नेले त्यसो गर्दैन् । भूमिगत भएर पनि राजनीति सञ्चालन गर्नुपर्छ ।’

वर्तमान सरकारले सुनियोजित ढंगले अहिलेको परिस्थिति सिर्जना गरेको उनको गम्भिर आरोप छ । अहिले सरकारले फेक ईन्काउन्टरको नाममा निहथ्था नागरिकको हत्या गर्ने काम गरेको पनि गजुरेलको आरोप छ । उनले भने,‘यस्तो खालको हत्या त जनयुद्ध र पञ्चायताकालिन अवस्थामा पनि हुँदैनथियो ।’ उनले भने,‘दुई तिहाई बहुमत भएको सरकारले चुनावको बेला गरेको नारा पनि पुरा गर्न सकेको छैन । जे–जे गर्छु भनेर चुनावको बेला बोलेको थियो, ठिक त्यसको उल्टो गरेको छ ।’

सरकारले सुरुमै जनतालाई महँगी उपहार दिएको पनि उनले आरोप लगाए । उनले भने,‘त्यतिमात्रै होईन, तीन तहमा कर बढायो ।  अब त जन्मिनपनि डर लाग्न थाल्यो । र, मर्नपनि डराउनुपर्ने भयो । जन्मेदेखि मृत्युसम्म कर तिर्नुपर्ने भयो ।’

त्यस्तै, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको पनि उनले आरोप लगाए । उनले थपे,‘साँढे तेत्तिस केजी सुन प्रकरणमा पनि यो सरकारले अहिलेसम्म एकजनालाई पनि कारवाही गर्न सकेन । अहिले त जनताले त्यो सुन गृहमन्त्रीसँग छ भन्नेखालको अनुमान गर्न थालिसकेका छन् ।’

 

प्रतिकृया दिनुहोस

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

नेकपा सचिवालय बैठक बुधबार सारियो

प्रधानमन्त्री स्वदेश फिर्ता

नेकपाले नैतिकताको खिल्ली उडायो,तत्काल

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला