ओली सरकारले १६ महिनामा केही नयाँ काम गर्न सकेनः प्रदीप पौडेल

     ओली सरकारले १६ महिनामा केही नयाँ काम गर्न सकेनः प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले दुई तिहाईको आडमा एकाधिकार र अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । १६ महिना अवधिमा सरकारले कुनै पनि नयाँ काम गर्न नसकेकाले कांग्रेस सडक आन्दोलनमा उत्रिने चेतावनी दिए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । सरकारले गुठीसम्बन्धी विधेयक, मिडिया काउन्सिललगायतका विभिन्न विधेयक बनाउँदा सरकारले सरोकारवालासँग छलफल नै नगरेको र सबै ठाउँमा नियन्त्रण गर्न खोजेको उनको आरोप छ ।

‘बजेट र नीति तथा कार्यक्रम केही पनि प्रगतिशील छैनन्’–उनले थपे । सरकारले गुठीलाई पनि आफ्नो प्रभावमा विस्तार गर्न चाहेको पौडेलको आरोप छ । उनले भने,‘सरकारले संस्कृतिमाथि बलात् हस्तक्षेप गर्न खोज्यो ।’ ‘सरकारले व्यवस्था र संविधानमाथि नै आक्रमण गर्न खोजेको छ ।’–उनले थपे ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच यदि आलोपालो सरकार सञ्चालनबारे सहमति भएको हो भने त्यसको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । सरकार बनाउँदै गर्दा आफूहरुको काँधमा धेरै जिम्मेवारी रहेको सुनाउँदै उनले ती सबै जिम्मेवारीहरु वहन गर्दै यहाँसम्म आईपुगेको उनको भनाई छ ।

उनले भने,‘सरकारले पहिलो वर्ष आधार वर्ष बनायो । अब समृद्धिको यात्रा तय भैसकेको छ । सरकारले समृद्धि हाँसिल गर्छ । यो समृद्धिको यात्रामा हामी सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहन्छौं ।’

राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद राजकिशोर यादवले सरकारको कामकारबाही र पछिल्लो समय घटेका एक दुई घट्ना हेर्दापनि मुलुक सही ठाउँमा नपुग्ने दाबी गरे । उनले भने,‘पछिल्लो समय सरकारप्रति जनताको विश्वास घट्दै गएको छ । अविश्वास र निराशा बढ्दै गएको देखिन्छ ।’

यादवले जनतामा सरकारप्रति अविश्वासको खाडल बढ्दै गएको र यही मौका छोपेर अन्तर्राष्ट्रिय शक्तिहरुले नेपालमा नराम्रोसँग खेल्न थालेको पनि टिप्पणी गरे । उनले भने,‘अहिले त जसलाई जे मन लाग्यो, त्यही बोल्ने चलन छ । सरकार सफल भन्दै हिँडेको छ । र केही हारको कुण्ठा बोकेर हिँडेका छन् ।’

यादवले लोक सेवा आयोगको विज्ञापन संविधानको खिलाफमा रहेको पनि आरोप लगाए । उनले भने,‘गुठी विद्येयक फिर्ता लिएर सच्याउन खोजिएझैं लोकसेवा आयोगको विज्ञापनपनि सच्याउनुपर्छ ।’ वर्तमान सरकारका मन्त्रीहरु नै प्रचारमुखी भएको उनको आरोप छ । उनले भने,‘मन्त्रीहरु त वास्तवमै आफ्नो क्षेत्रका मन्त्री मात्रै भए ।’

 

 

 

 

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला