लन्डनमा सरकार परिवर्तनबारे प्रधानमन्त्री ओलीले के भने ?

 लन्डनमा सरकार परिवर्तनबारे प्रधानमन्त्री ओलीले के भने ?

काठमाडौं । युरोपको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व परिवर्तनबारे आफ्नो दलले निर्णय गर्ने बताएका छन् ।

सोमवार बेलुका ब्रिटेनको  अक्स्फोर्ड विश्वविद्यालयस्थित विद्यार्थी युनियनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो दलभित्रको राजनीतिबारे टिप्पणी गरेका थिए।

के तपाईँ अढाई वर्षपछि सरकार छोड्नुहुन्छ ? भन्ने एक प्रश्नको उत्तरमा प्रधानमन्त्री ओलीले दुई वामपन्थी दलहरू एकीकरण गर्दा भएका सहमतिबारे अब सत्तारूढ दलले निर्णय गरेअनुसार हुने बताए ।

दुई दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार आलोपालो नेतृत्व गर्न सत्तारूढ नेकपा (नेकपा) का अर्का अध्यक्ष प्रचण्डले स्मरण गराइरहँदा ओलीको त्यस्तो भनाइ आएको हो।

एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेकपामा ओली र प्रचण्ड दुवै जना अध्यक्ष छन्। उनीहरूले आफूहरू एउटै विमानको सहचालक भएको बताउने गरेका छन्।

प्रतिकृया दिनुहोस

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

महिला अधिकारका लागि मंगलादेवीको योगदान

काङ्ग्रेसले जनताको मन जित्नेगरी काम

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला