बीपीवाद खोजी : कांग्रेसकाे दोस्रो चरणको यात्रा

बीपीवाद खोजी : कांग्रेसकाे दोस्रो चरणको यात्रा

काठमाडौँ – बीपी सङ्ग्रहालय समितिले बीपीवादको खोजी गर्दै जेठ ३० देखि ३२ सम्म सुन्दरीजलबाट विराटनगरस्थित कोइराला निवाससम्म यात्रा गर्ने भएको छ। लोकतान्त्रिक मूल्यमान्यतालाई बलियो बनाउन बीपीवादको खोजी गर्न दोस्रो चरणको यात्रा गर्न लागिएको समितिका संस्थापक अध्यक्ष परशुराम पोखरेलले बताए ।

उनले यात्राका क्रममा बीपी सङ्ग्रहालयको माटो चाँदीको कचौरा एवं सिसाको फ्रेममा राखी लगिने बताए। यसैगरी सङ्ग्रहालयका तस्बिर पनि साथै लैजाने कार्यक्रम छ। यसअघि पहिलो चरणमा फागुन ११ गते कोइरालाहरूको उद्गमस्थल दुम्जाबाट यात्रा प्रारम्भ भएको थियो। २ वर्षससम्म देशका ७७ वटै जिल्लामा बीपीवादको खोजी गरी यात्रा गरिनेछ।

तेस्रो चरणमा कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको गृहनगर नेपालगन्जबाट पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लासम्म यात्रा गरिने सङ्ग्रहालय समितिले जनाएको छ।

त्यसैगरी चौथो चरणमा शहीदहरू दुर्गानन्द झा, सरोज कोइराला, रामनारायण मिश्र, कांग्रेस नेता महेन्द्रनारायण निधि, आजीवन कारावासको सजाय भोगेका अरविन्द ठाकुर, नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवको जन्मभूमि सांस्कृतिक शहर जनकपुरमा बीपीवादको खोजी गरिने कार्यक्रम रहेको छ। यात्राका क्रममा बीपी विचारलाई जनताको तहसम्म लैजाने कार्यक्रम रहेको छ।

पाँचौँ चरणमा प्रजातन्त्र पुनःस्थापनाका लागि प्राण आहूति दिनुहुने शहीद राम, लक्ष्मण, लीला, ठगी आदिको भूमि ओखलढुङ्गा, भीमनारायण श्रेष्ठको भूमि धनकुटालगायत स्थानमा यात्रा गरिनेछ। देशभरको यात्रा सकेपछि समापन कार्यक्रम सर्वोच्च नेता गणेशमान सिंहको निवास चाक्सीबारीमा गरिने अध्यक्ष पोखरेलले बताए।

विसं २०१७ पुस १ गतेको घटनापछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई सुन्दरीजल बन्दीगृहमा राखिएको थियो। (रासस)

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला