आलोपालो सरकार चलाउने सहमति पालना हुन्छःवामदेव

   आलोपालो सरकार चलाउने सहमति पालना हुन्छःवामदेव

प्यूठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामेदव गौतमले सहमति बमोजिम अध्यक्षद्वयले आलोपालो सरकार चलाउनु पर्ने बताएका छन्। शुक्रबार प्रेस सगंठन प्यूठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले दुई अध्यक्षबीच भएको सहमति पालनामा जोड दिएका हुन् । नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दा आलोपालो सरकार चलाउने सहमति  भएको पालनाको विषय उठाएपछि बामदेवको यस्तो धारणा आएको छ ।  ‘ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा पुष्पकमल दाहालको रहेको र सबैलाई मिलाएर लैजान पनि अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनु हुँदैन’ उनले भने। सहमति जे भएको छ, त्यो सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने भन्दै वामदेवले भने, ‘सहमति जे भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्न सक्दैन।’ नेता गौतमले बजेट जनपक्षीय भएको भन्दै त्यसको बचाउ गर्न खोज । ‘जनताको चाहना र आकांक्षा अनुसार बजेट आएको छ।’ स्वरोजगार सिर्जना गर्नका लागि देशमा भएका खानीहरु उत्खनन् गर्नुपर्नेमा गौतमले जोड दिएका छन्। सरकारले तत्काल गर्नुपर्ने र दीर्घकालीन गर्नुपर्ने योजनाहरु छुट्टाएर कार्यन्वयनमा अघि बढिरहेको र नेकपा नेतृत्व सरकारकै पालामा देशलाइ नयाँ युगमा प्रवेश गराउने बताए।

गौतमले आपराधिक गतिविधि शून्य हुन साम्यवाद आउनु पर्ने उल्लेख गरे । एकाध हुने अपराधिक घटनाको छानविन गर्न सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने उनको भनाइ थियो। कांग्रेसबारे बोल्दै उनले असल प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे।

 

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला