मिडिया काउन्सिल विधेयक फिर्ता लिन कांग्रेसको माग

        मिडिया काउन्सिल विधेयक फिर्ता लिन कांग्रेसको माग

काठमाडौं । प्मुख प्रतिपक्षी नेपाली काँग्रेसले मिडिया काउन्सिल ऐन र मानवअधिकार आयोगसँग सम्बन्धी ऐन फिर्ता गर्न माग गरेको छ ।

 बुधबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारले प्रेस र मानवअधिका नियन्त्रण गर्ने मनसायले ऐन ल्याउन खोजेको भन्दै सो फिर्ता गर्नुपर्ने निर्णय गरेको हो । सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सबै प्रकारका निरुङ्कुशताको विरुद्ध सङ्घर्ष गरी रहने निर्णय पनि गरेको छ ।

उपरोक्त विधेयकहरु प्रस्तुत गर्ने क्रममा सरकारले देखाएको धारणाले वर्तमान सरकार निरङ्कुशताको यात्रामा अघि बढी रहेको देखिने दाबी पनि काँग्रेसले गरेको छ । संविधानको प्रस्तावनाको प्रस्तावनामै प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरेकाले त्यसविपरित सरकारले मिडिया काउन्सिल ऐन ल्याउन लागेको आरोप कांग्रेसले लगाएको छ ।  विचार र अभिव्यक्तिको स्वतन्त्रता, एवं धारा १९ मा सञ्चारको हक, उपधारा (१०) मा विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य दृष्य सामाग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिवन्ध लगाइने छैन भन्ने प्रावधान छ ।

संविधानमा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रताको प्रतिकुल सरकारले ‘नेपाल मिडिया काउन्शील सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’’ संसदमा दर्ता गरेको छ । उक्त प्रस्तावित विधेयकले सविधानको प्रावधान र भावनालाई ठेस पुर्‍याउने र प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्ने आशय बोकेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

  विपी कोइरालाको ३७ औं स्मृति दिवस मनाइँदै

नेकपाले तोक्यो ७७ जिल्ला र ६ महानगरपालिका

सार्वजनिक जग्गा मिच्ने जो कोहीलाई

बालुवाटार असुरक्षित भए प्रधानमन्त्री

यी हुन् सरकारले गरेका पछिल्ला निर्णय

पेन्सनवाला कर्मचारीलाई दिइँदै आएको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला