कांग्रेसको जनजागरण दिउँसो १ बजेबाट, काठमाडौंको सभालाई देउवाले सम्बोधन गर्ने

 कांग्रेसको जनजागरण दिउँसो १ बजेबाट, काठमाडौंको सभालाई देउवाले सम्बोधन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले (आज) बिहीबारबाट देशव्यापी जनजागरण अभियान सञ्चालन गर्ने गर्दै छ ।  काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ७७  ओटैजिल्लामा दिउँसो १ बजे एकैपटक राष्ट्रिय जागरण अभियानको उद्घाटन गरिने कार्यक्रम छ ।

त्यसका लागि सबै केन्द्रीय नेताहरू जिल्ला तथा प्रदेशमा पुगिसकेका छन् ।  कांग्रेसले अभियानलाई ‘हिमाल, पहाड, तराई मधेस, नेपाली कांग्रेस’ नारा दिएको छ । जागरण अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि नै पुगेका छन् । 

काठमाडौंको राष्ट्रिय सभागृहमा हुने कार्यक्रमलाई पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । अन्य ७६ जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिहरुले उद्घाटन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

तीन चरणमा हुने अभियानको प्रथम चरण आजदेखि सुरु भई आगामी जेठ २५ गते समापन हुनेछ । विभिन्न १५ बुँदे विषय उठाउँदै काँग्रेस देशव्यापी अभियानमा उत्रिएको छ । 

कुन नेताले कहाँ सम्बोधन गर्ने

सात प्रदेशमा वरिष्ठ नेताहरुले उद्घाटन गर्दैछन् । प्रदेश १ को सुनसरीमा उपसभापति विजयकुमार गच्छेदारले अभियानको उद्घाटन गर्नेछन् ।

प्रदेश १ कै विराटनगरमा नेता कृष्णप्रसाद सिटौलाले, प्रदेश २ को जनकपुरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले, प्रदेश ४ को पोखरामा महामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्नेछन् । 

प्रदेश ५ को बुटवलमा महामन्त्री डा. शशांक कोइराला, प्रदेश ६ को सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव र प्रदेश ७ को धनगढीमा उपसभापति विमलेन्द्र निधिले उद्घाटन गर्ने छन् । 

अन्य ७० जिल्लामा भने पार्टीले पहिले नै तय गरेका केन्द्रीय प्रतिनिधिहरूबाटै अभियान उद्घाटन हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । 

कांग्रेसले जागरण अभियानबाटै पार्टीका कार्यक्रमलाई भद्दा हुनबाट रोक्न भन्दै प्रमुख वक्ता, महिला वक्ता र कार्यक्रमका सभापतिलाई मात्रै वक्ताका रूपमा राख्ने भएको छ ।

प्रतिकृया दिनुहोस

नेकपाले तोक्यो ७७ जिल्ला र ६ महानगरपालिका

सार्वजनिक जग्गा मिच्ने जो कोहीलाई

बालुवाटार असुरक्षित भए प्रधानमन्त्री

यी हुन् सरकारले गरेका पछिल्ला निर्णय

पेन्सनवाला कर्मचारीलाई दिइँदै आएको

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला