प्रतिपक्षी कांग्रेसको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित

 प्रतिपक्षी कांग्रेसको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच संघीय संसद् प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । 

मंगलबारको संसदको वैठकमा  प्रधानमन्त्रीको अभिव्यक्तिीलाई लिएर विरोधमा उत्रिएका कांग्रेसका सांसदहरु उठिरहे पनि सभामुख कृष्णबहादुर महराले सरकार नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए । ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको सभामुख महराले घोषणा गरे ।

विरोधमा उत्रिएका कांग्रेस सांसदलाई पटक–पटक बस्न आग्रह गरेपनि नमानेपछि सभामुख महराले संसदको कारवाही अघि वढाएका थिए । 

त्यसपछि महराले नीति तथा कार्यक्रममाथि प्रतिपक्षी नेपाली कांग्रेसले पेश गरेको संशोधन प्रस्ताव फिर्ता लिन कांग्रेस नेता मिनेन्द्र रिजाललाइृ समय दिए । तर,कांग्रेसले प्रस्ताव फिर्ता लिएन । उल्टै मिनेन्द्र रिजाल सभामुख महराले संसदको गरिमा कायम गर्न नसकेको भन्दै कुनै पनि हालतमा प्रस्ताव फिर्ता नलिने बरु जनतामाझ लैजाने अभिव्यक्ति दिए । सभामुखमहराले प्रतिपक्षीको विरोधका बीच संसदको कारबाही अन्त्य गरे । र,अर्को वैठक वैशाख २७ गते शुक्रबार बिहान ११ बजे बस्ने जानकारी गराए ।    

 

प्रतिकृया दिनुहोस

दासढुङ्गा दुर्घटनाको २६ वर्ष,जेठ ३

मिडिया काउन्सिल विधेयक फिर्ता लिन

प्रेस नियन्त्रण गर्ने कानुन कांग्रेसलाई

सञ्चारमन्त्री बाँस्कोटको कार्यक्रम

 प्रधानमन्त्री ओली भियतनाममा

 कांग्रेसको जनजागरण दिउँसो १ बजेबाट,

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला