प्रचण्डले सफेद झुट बोले,व्यक्ति हत्या गर्ने पार्टीको योजना छैनःविप्लव

 प्रचण्डले सफेद झुट बोले,व्यक्ति हत्या गर्ने पार्टीको योजना छैनःविप्लव

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आफ्नो हत्या गर्न खोजेको भनेर सफेद झूट बोलेको बताएको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेकपाले आफ्नो पार्टीको व्यक्ति हत्या गर्ने कुनै नीति र योजना नरहेको प्रष्ट पारेको छ ।

सो पार्टी निकट इरातो खबर डटकमका अनुसार उक्त पार्टीले भनेको छ, ‘पछिल्लो क्रममा नेकपालाई दमन गर्ने षड्यन्त्रबमोजिम यस्ता तथ्यहीन, भ्रामक कुराहरू आइरहेका छन् । यो कुरामा कुरामा कत्ति पनि सत्यता रहेको छैन । जनता र राष्ट्रका पक्षमा सङ्घर्ष गर्दै आएको एउटा क्रान्तिकारी पार्टीलाई बदनाम गर्न अनावश्यक लाञ्छना लगाएर धमिलो पानीमा माछा मार्ने योजना यो सरकार र उसका आसेपासेले अफवाह फैलाएका हुन् ।’

नेकपाले भनेको छ, ‘देशलाई युद्धमा धकेलेर जनतामा त्रास फैलाई तर मार्ने देशीविदेशी प्रतिक्रियावादीको घिनलाग्दो खेल सुरु भएको छ । यसलाई सबै देशभक्त, सच्चा लोकतन्त्रवादीहरूले मौकामा भण्डाफोर गर्नु पर्दछ ।’ ‘बरु प्रचण्ड नै यसरी व्यक्तिहत्याका कुरा गर्दथे । अहिले देश र जनताप्रति गरेको गद्दारी र यो सरकारप्रति जनताको दिनानुदिनको आक्रोशलाई कम गरी लुटको स्वर्ग बचाइराख्न योजनाबद्ध यस्ता समाचारहरू बनाइएका छन्’अनलाइनमा उल्लेख छ ।

‘‘केपी–बादल कम्पनीले जनताका पक्षमा सशक्त आवाज उठाइरहेको र जनतामा लोकप्रिय बन्दै गइरहेको एक राजनीतिक पार्टीमाथि सामाजिक फासिवादी तरिकाले प्रतिबन्ध घोषणा गर्नुका साथै देशैभरि अप्रेसन चलाएको छ । यो कम्पनीले युद्ध लाद्न खोजिरहेको छ । यसैको एउटा हथकण्डा हत्याको प्रचार हो ।’

 

प्रतिकृया दिनुहोस

ओली सरकार आफैं ढल्ने सूचना छः मनिष

ओली सरकारले १६ महिनामा केही नयाँ

संसदमा प्रतिपक्षलाई ‘वाइपास’ गर्न

सभामुखले बोल्न समय उपलब्ध नगराएको

गुठी विधेयक फिर्ता नलिए कांग्रेस अन्दोलन

एक महीनामा दुई हजारभन्दा बढी कार्यक्रम,

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला