‘विप्लव’ समूहमाथि प्रतिबन्ध हतारमा: देवेन्द्र पौडेल

  ‘विप्लव’ समूहमाथि प्रतिबन्ध हतारमा: देवेन्द्र पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने,‘विप्लवका क्रियाकलापमाथि नियन्त्रण गर्ने क्याविनेटको निर्णयबारे पार्टीमा छलफल भएको छैन । यसबारे म पार्टीको बैठकमा कुरा राख्छु ।’

कुनैपनि पक्षलाई निषेध गर्ने र कहीँ न कहीँ जबरजस्त गर्ने, त्यसलाई कहीँ न कहीँ बाध्यात्मक कदम चाल्ने अवस्था सिर्जना गर्ने काम राज्य पक्षले गर्नुहुँदैन् भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ । नेता पौडेलले विप्लवले पनि प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा उनले राखे । उनले भने,‘जनतामा जागरण ल्याउनुपर्छ भनेपनि संविधानअनुसार नै गर्नुपर्छ । त्योभन्दा अरु तरिका अपनाईयो भने त्यसले स्वयम उहाँ र उहाँको पार्टीलाई राम्रो गर्दैन् ।’

नेता पौडेलले थपे,‘हामीहरु अहिलेपनि हिजोका घाउहरु सुल्झाउने प्रयास गरिरहेका छौं । कतिपय पक्षले नेपाललाई द्वन्द्वको क्रिडास्थल बनाउन खोजिरहेका छन् । हामीले त्यसो गर्न दिनुहुँदैन् ।’ अझैपनि प्रतिबन्ध लगायो भन्दैमा सरकारले वार्ताको ढोका बन्द नगरेको उनले जिकिर गरे । उनले भने,‘विप्लव समूहलाई म विद्रोह समूह त भन्दिन्, विप्लव समूहले संयमतापूर्वक आफ्ना कुराहरु राख्नुपर्छ । यसको लागि बढि पहलकमदी राज्यले लिनुपर्छ । राज्यले समस्या सुल्झाउनेभन्दा धकेल्नेतिर जानुहुँदैन् । वार्ता, सहमति र सम्वादको प्रक्रियाबाट उहाँहरु टेबुलमा आउनुपर्छ । एकपटक अवसर दिनुपर्छ । हतारमा निर्णय गर्नुभन्दा समस्यालाई गाँठो फुकाउनेगरि निर्णय गर्नुपर्छ ।’ उनले भने,‘जेसुकै भएपनि शान्ति र समृद्धिको बाटोमा बढ्नुछ । आवश्यक पर्यो भने संविधान संशोधन गर्नपनि सकिन्छ ।’

उनले सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिलाई सकारात्मक रुपमा लिनुपर्ने स्पष्ट पारे । कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधनलगायतका आफूहरुको मुख्य मागहरु अहिलेसम्म सम्बोधन नभएको भन्दै आक्रोश पोखेका छन् । उनले भने,‘राजपा शान्तिपूर्ण आन्दोलनको लाईन छोड्दैन् । हाम्रा मागहरु पूरा भएका छैनन् ।’ उनले भने,‘अब कडा आन्दोलन कहिले गर्ने भन्ने सवाल जो छ, यो कुरा समयमा प्रकट हुने नै छ ।

अहिले रेशम चौधरीको कुरा पनि त्यही मधेश र थरुहट आन्दोलनसँग जोडिएको टिकापुर घट्नामा आधारित भएर भएको हो । त्यसरी टिकापुर घट्नामा आधारित भएर भएको रेशम चौधरीलाई आजिवन कारावास सजाय, रेशम चौधरी कुनै अपराधिक गतिविधिमा संलग्न व्यक्ति थिएनन् ।’ झाले थपे,‘जुन दिन त्यो घट्ना भयो । त्यो दिन रेशम चौधरी टिकापुरमा छैनन् । अर्को दिन, थारुहरुको जुन प्रकारको स्मिता, सम्पत्ति, ईज्जत सबै लुटियो । त्यो घट्नाको बास्तविकताबारे गरिशिचन्द्र लाल आयोगको प्रतिवेदनले समेटेको छजस्तो मलाई लाग्दछ । त्यसैकारण हामी अहिले भनिरहेका छौं, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर ।’ उक्त आयोगको प्रतिवेदन सार्वजनिक भयो भने रेशम चौधरीलगायत सबै निर्दोष सावित हुने उनको विश्वास छ ।

उनले भने,‘त्यो आयोगको प्रतिवेदन सार्वजनिक भयो भने कमसेकम जिल्ला अदालतले जे फैसला गर्यो –गर्यो । मलाई लाग्छ, उच्च अदालतले त्यो प्रतिवेदनलाइ पनि पक्कै पनि हेर्नेछ । र, मुद्दाको सबै अंग, सबै घट्नाक्रम हेरिसकेपछि रेशम चौधरी भोलिको दिनमा निर्दोष सावित हुनेछन् ।’ आफ्नो पार्टीले पनि गिरिशचन्द्र लाल नेतृत्वको छानबिन आयोगको प्रतिवेदन (जुन मधेश र थरुहटसँग सम्बन्धित थियो) त्यो सार्वजनिक गर्न माग गरिरहेको झाले जनाए ।

प्रतिकृया दिनुहोस

कांग्रेसको ‘छायाँ सरकार’का मन्त्री

दासढुङ्गा दुर्घटनाको २६ वर्ष,जेठ ३

मिडिया काउन्सिल विधेयक फिर्ता लिन

प्रेस नियन्त्रण गर्ने कानुन कांग्रेसलाई

सञ्चारमन्त्री बाँस्कोटको कार्यक्रम

 प्रधानमन्त्री ओली भियतनाममा

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला