नेकपा एकीकरण कार्यदल भंग,नेपाल पक्ष रुष्ट

      नेकपा एकीकरण कार्यदल भंग,नेपाल पक्ष रुष्ट

काठमाडौं । तल्लो तहका पार्टी इकाइ र जनवर्गीय संगठन एकीकरणका लागि  २ महिना अघि गठित कार्यदललाई नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले भंग गरेको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताको बाँकी काम सचिवालयले गर्ने र त्यसलाई स्थायी समितिबाट अनुमोदन गराउने भन्दै कार्यदल भंग गरेको हो ।

एकता सम्बन्धी बाँकी काम अब पार्टी केन्द्रीय सचिवालयले गर्ने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।उनका अनुसार कार्यदल स्थायी समितिले बनाएकाले भंग गर्ने सचिवालयको निर्णय पनि स्थायी समितिबाट अनुमोदन गर्ने निर्णय बैठकले गरेको छ।

कार्यदल विघटनप्रति वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरुले फरक मत राखेका थिए । कार्यदल भंग भएसँगै नेपाल पक्षधर नेताहरुले लिखित असहमति बुझाउने तयारी गरेका छन् ।

कार्यदलप्रति प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट रहँदै आएका थिए । हिजोको बैठकमा ओलीले कार्यदल भंगको प्रस्ताव राखेका थिए । पटक पटक समय थप गर्दा पनि पार्टी एकताको खाका ल्याउन नसकेको भन्दै अध्यक्ष ओलीले सचिवालय बैठकमा कार्यदल विघटन गर्नुपर्ने प्रस्ताव राखेका थिए । यद्यपि, बहुमत सचिवालय सदस्यहरु भने कार्यदललाई एक साताको समय दिनुपर्ने पक्षमा थिए ।

कार्यदलको संयोजकमा रामबहादुर थापा थापा थिए । सदस्यहरुमा विष्णु पौडेल, शंकर पोख्रेल, रघुवीर महासेठ, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र बेदुराम भुसाल रहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत ३ जेठमा एकीकरण भएको थियो । एकता घोषणासभालाई सम्बोधन गर्दै शीर्ष नेताले तीन महिनाभित्रै एकता टुंगो लगाउने बताएपनि नौ महिना बढी समय भइसक्दासमेत एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन् । अहिलेसम्म सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएका छन्।  स्थायी समितिको १३ पुषको बैठकले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो।

प्रतिकृया दिनुहोस

नेकपाले तोक्यो ७७ जिल्ला र ६ महानगरपालिका

सार्वजनिक जग्गा मिच्ने जो कोहीलाई

बालुवाटार असुरक्षित भए प्रधानमन्त्री

यी हुन् सरकारले गरेका पछिल्ला निर्णय

पेन्सनवाला कर्मचारीलाई दिइँदै आएको

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला